डेनमार्कले भन्योः नेटो प्रमुखले ग्रीनल्याण्डबारे वार्तामा डेनमार्कको प्रतिनिधित्व गर्न सक्दैनन् « Khabarhub

डेनमार्कले भन्योः नेटो प्रमुखले ग्रीनल्याण्डबारे वार्तामा डेनमार्कको प्रतिनिधित्व गर्न सक्दैनन्


८ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र नेटो प्रमुख मार्क रूटबीचको वार्ताको भोलिपल्ट डेनिस सरकारले बिहीबार उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) का प्रमुख मार्क रुटले ग्रीनल्याण्डका विषयमा डेनमार्कका तर्फबाट वार्ता गर्न नसक्ने जनाएको छ ।

बुधबार रुटसँगको भेटपछि ट्रम्पले डेनमार्कको स्वायत्त क्षेत्रमा सम्झौताको ‘फ्रेमवर्क’ मा पुगेको बताएका थिए । डाभोसको स्विस स्की रिसोर्टमा भएको विश्व आर्थिक मञ्चमा भएको सम्झौताको सबै विवरण अझै सार्वजसिनक भइसकेको छैन ।

डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिक्सनले डेनमार्कको एक टेलिभिजनसँग भने, “डेनमार्क र ग्रीनल्याण्डको हैसियत समान छ, र हाम्रो सार्वभौमिकताका बारेमा हिजो नेटोसँग कुनै वार्ता भएको थिएन।”

“डेनमार्क र ग्रिनल्याण्डको विषयमा निर्णय उनीहरूले नै गर्न सक्छन्,” उनले भने । अमेरिका र डेनमार्कले सन् १९५१ मा ग्रिनल्याण्डसम्बन्धी सन्धिमा पुनः वार्ता गर्ने सहमति भएको ट्रम्प र रुटबीच भएको वार्ताबारे जानकार एक स्रोतले बिहीबार एएफपीलाई बताएको छ ।

ग्रिनल्याण्डमा अमेरिकी सैन्य अखडालाई अमेरिकी सार्वभौमिकताअन्तर्गत राख्ने विषयमा वार्ताका क्रममा छलफल नभएको स्रोतले जनाएको छ । डेनमार्कका रक्षामन्त्री ट्रोएल्स लुन्ड पौल्सेनले बिहीबार सामाजिक सञ्जालमा रुटले डेनमार्क वा ग्रिनल्याण्डका तर्फबाट सम्झौता गर्न नसक्ने बताएका छन् ।

उनले भने, “रुटले नेटोभित्र एकता कायम गर्न वफादारीका साथ काम गर्नुभएको थियो । यो ‘धेरै सकारात्मक’ कुरा थियो तर गठबन्धनले आर्कटिक सुरक्षालाई बलियो बनाउन अझ बढी गर्न चाहेको थियो। उनले थपे, “हामी राज्यका केही भागहरूमाथि सार्वभौमिकता छोड्ने छैनौँ । यसबारे हामी स्पष्ट छौँ ।”

प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार  ८ : ३६ बजे

रुस-चीन शिखर वार्ता: न्यानो स्वागतका बीच पाइपलाइन सम्झौताबिना नै फर्किए पुटिन

बेइजिङ – केही क्षणका लागि बेइजिङ र मस्कोबीचको भिन्नता पहिल्याउन

दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

म्याग्दी– सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखरामार्फत म्याग्दी, मुस्ताङ

गोरखापत्रकाे महाप्रबन्धक तथा प्रेस काउन्सिल र सार्वजनिक सेवा प्रशरण संस्थामा अध्यक्ष आह्वान

काठमाडौँ– सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक तथा प्रेस काउन्सिल र सार्वजनिक

अतिक्रमित जग्गा खाली गराउँदै पोखरा महानगर

गण्डकी– पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित पोखरा बसपार्क र पोखराको मध्यभागबाट बग्ने

मधेसको आर्थिक वृद्धि १.३१ प्रतिशतमा सीमित हुने

जनकपुर– मधेस कृषि क्षेत्रमा नकारात्मक प्रभाव पारेका कारणले धान, मत्स्य