तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण « Khabarhub

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण


८ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन हजार २२ विद्यार्थीको मुटुको परीक्षण गरिएको छ ।

हृदयरोग निवारण प्रतिष्ठान केन्द्रीय कार्यालय काठमाडौँको सहयोग र नेपाल हृदयरोग निवारण प्रतिष्ठान एकाइ म्याग्दीको आयोजनामा प्रकाश मावि बेनी र बेनी सामुदायिक माविमा विद्यार्थीको मुटुको परीक्षण गरिएको नेपाल हृदयरोग निवारण प्रतिष्ठान एकाइ म्याग्दीका अध्यक्ष रामजीप्रसाद सुवेदीले बताए ।

शिविरमा एक सय विद्यार्थीको मुटुको भिडियो एक्स–रे (इकोकार्डियोग्राफी) मार्फत परीक्षण गर्दा तीन विद्यार्थीको मुटुको उपचार गर्नुपर्ने पाइएको उनले बताए ।

शिविरमा एक सय शिक्षक, कर्मचारीलगायतको स्वास्थ्य परीक्षण गरिएको थियो । म्याग्दी जिल्लामा प्रतिष्ठानको एकाइ गठन भएपछि पहिलोपटक आयोजित शिविरमार्फत जटिल समस्या देखिएका विद्यार्थीको निःशुल्क उपचार गरिएको हो ।

मुटुरोग विशेषज्ञ डा प्रेमराज वैद्यसहित ६ चिकित्सक टोलीले बालमन्दिर मावि, जडभरत आधारभूत विद्यालय, म्याग्दी बहुमुखी क्याम्पस, हंसबाहिनी आधारभूत विद्यालय, जामुनाखर्क मावि, सरस्वती मावि तातोपानी, सरस्वती आधारभूत विद्यालय बगरफाँटका विद्यार्थीलाई लक्षितगरी शिविर सञ्चालन गरिएको हो ।

बाथ रोगलाई हेल्चेक्रयाइँ गर्दा बालबालिकामा मुटुको समस्या देखिने गरेको डा वैधको भनाइ छ । शिविरको बेनी नगरपालिकाका शिक्षा शाखा प्रमुख क्षेत्रबहादुर भण्डारीले उद्घाटन गरेका थिए । सोही अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, प्रअ लेखबहादुर हमाललगायतको उपस्थिति थियो ।

हृदयरोग निवारण प्रतिष्ठान केन्द्रीय कार्यालय काठमाडौँका पूर्वअध्यक्ष दीपेन्द्र पुरुष ढकालले बालबालिकामा देखिनसक्ने जन्मजात तथा बाथ, मुटुरोगको समयमै पहिचान गरी उपचारमा सहयोग पु¥याउनका लागि विद्यार्थीको निःशुल्क मुटु परीक्षण गरिएको बताए । म्याग्दीमा प्रतिष्ठानमार्फत ग्रामीण क्षेत्रमा शिविर सञ्चालन गर्ने योजना छ । आर्थिक अवस्था कमजोर भएका बिरामीको उपचारमा सघाउने प्रतिष्ठानका जिल्ला सचिव केशवप्रसाद रेग्मीले जानकारी दिए ।

प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार  १० : ०६ बजे

रुस-चीन शिखर वार्ता: न्यानो स्वागतका बीच पाइपलाइन सम्झौताबिना नै फर्किए पुटिन

बेइजिङ – केही क्षणका लागि बेइजिङ र मस्कोबीचको भिन्नता पहिल्याउन

दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

म्याग्दी– सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखरामार्फत म्याग्दी, मुस्ताङ

गोरखापत्रकाे महाप्रबन्धक तथा प्रेस काउन्सिल र सार्वजनिक सेवा प्रशरण संस्थामा अध्यक्ष आह्वान

काठमाडौँ– सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक तथा प्रेस काउन्सिल र सार्वजनिक

अतिक्रमित जग्गा खाली गराउँदै पोखरा महानगर

गण्डकी– पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित पोखरा बसपार्क र पोखराको मध्यभागबाट बग्ने

मधेसको आर्थिक वृद्धि १.३१ प्रतिशतमा सीमित हुने

जनकपुर– मधेस कृषि क्षेत्रमा नकारात्मक प्रभाव पारेका कारणले धान, मत्स्य