आज २०८२ साल फागुन १० गते आइतबारको राशिफल « Khabarhub

आज २०८२ साल फागुन १० गते आइतबारको राशिफल


१० फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल फागुन १० गते आइतबार फागुन शुक्ल पक्षको पञ्चमी तिथि । तदनुसार सन् २०२६ फेब्रुअरी २२ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश:

मेष : राज्यका उच्च अधिकारीसँग भेट हुनसक्छ । साथीको साथ मिल्नेछ । ठुलो काम बन्ने योग छ । शिक्षाको क्षेत्रमा थप मिहिनेत गर्नुपर्ने देखिन्छ । दाम्पत्य जीवन सुखमय बित्नेछ ।

वृष : दिन सामान्य छ । शत्रु बढ्नेछन् । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । आम्दानीका दृष्टिले दिन राम्रो छ । विदेशको आकर्षण बढ्नेछ ।

मिथुन : व्यापारमा फाइदा हुनेछ । धार्मिक क्षेत्रको भ्रमण तय हुनेछ । यस्तो भ्रमणले मन शान्त बन्नेछ । साथीबाटै असहयोग हुनेछ ।

कर्कट : झुटा आरोप लाग्ने जोखिम छ । दैनिक कामलाई सुधार गर्नुपर्ने देखिन्छ । व्यापारमा सहकार्यबाट फाइदा हुनेछ । परिवारसँग मिलमिलाप बढ्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

सिंह : दिन राम्रो छ । सम्पत्ति आर्जन हुनेछ । परिवारसँगको सम्बन्ध सहज बन्नेछ । खानपानमा ख्याल नगर्दा रोगले सताउने जोखिम छ । शिक्षाको क्षेत्रमा भने प्रगति हुनेछ । धार्मिक क्षेत्रमा मन जानेछ ।

कन्या : अपमान सहनुपर्ने दिन छ । सहकार्य गरेर अगाडि बढेमा व्यापारबाट फाइदा हुनेछ । राजनीतिमा सेवा गर्ने अवसरबाट टाढा पुग्नुपर्ने बाध्यता छ । स्वास्थ्यमा भने सुधार हुनेछ।

तुला : दिन राम्रो छ । सम्पत्ति जम्मा गर्ने दिन छ । शिक्षामा गरेको प्रयासबाट मनमा उत्साह थपिनेछ । रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ । दक्षिणको लामो यात्रा नगर्नु उचित हुनेछ । परिवारको साथ र सहयोग मिल्नेछ ।

वृश्चिक : सञ्चित धन खर्च हुनेछ । दाजुभाइ र बन्धुबाट साथ मिल्नेछ । राज्यको तर्फबाट भने त्रास बढ्नेछ । शिक्षाको लगानीबाट फाइदा हुनेछ । निजी शिक्षामा लगानीका लागि हिम्मत गर्नुपर्ने दिन छ । परिवारलाई विश्वास नगर्नु उचित हुनेछ ।

धनु : शुभग्रहको बहुमत रहेकाले आज तपाईंका काम सफल बन्नेछन् । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । काम गर्ने उत्साह बढ्नेछ । आफन्तबाछ भने सचेत बन्नुपर्ने दिन छ ।

मकर : आफूभन्दा ठुला व्यक्तिसँगको अन्तरक्रियाले मन शान्त बन्नेछ । धार्मिक कार्यमा संलग्न भएर दिनको सुरुवात गरेमा दिन सहज बन्नेछ ।

कुम्भ : साना कुराले मनमा खटपटी बढ्नेछ । मौसमी प्रकोपको जोखिम बढ्नसक्ने भएकाले स्वास्थ्यमा विशेष ख्याल गर्नुपर्ने दिन छ । थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ । धार्मिक कार्यमा सहभागी भएर काम सुरु गरे दिन सहज बन्नेछ ।

मीन : आज तपाईंले परोपकारमा बोलीको प्रयोग गर्नु उचित हुनेछ । शिक्षामा मिहिनेत गर्नुपर्नेछ । स्वास्थ्यमा साना कुराले दु:ख दिने भएकाले खानपानमा ख्याल गर्नुपर्नेछ । सामाजिक क्षेत्रमा प्रतिष्ठा बढ्नेछ ।

प्रकाशित मिति : १० फाल्गुन २०८२, आइतबार  ५ : १४ बजे

नेपाल–इजरायल सम्बन्ध थप सुदृढ बनाउन सहकार्य विस्तारमा जोड

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि इजरायलका

साम्प्रदायिक सद्भाव बिथोलेको आरोपमा मधेशका ५ जिल्लाबाट ३६ जना पक्राउ

काठमाडौं- नेपाल प्रहरीले साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याउने गतिविधिमा

सुनसरी घटनाका मृतकको शव परिवारले बुझ्यो, आजै अन्त्येष्टि गर्ने तयारी (तस्बिरहरू)

विराटनगर– सुनसरीमा साउन १० मा भएको दोहोरो झडपमा परेर मृत्यु

वीरगन्जमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न चार बुँदे निर्णय

वीरगन्ज– विभिन्न राजनीतिक दल सम्मिलित यहाँ भएको भएको सर्वदलीय बैठकले