विश्वकपः आज सुपर-८ का दुई प्रतिस्पर्धा, दोस्रो खेलमा भारत र दक्षिण अफ्रिका भिड्दै « Khabarhub

विश्वकपः आज सुपर-८ का दुई प्रतिस्पर्धा, दोस्रो खेलमा भारत र दक्षिण अफ्रिका भिड्दै


१० फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर–८ का दुई खेल हुँदैछन्।
विश्वकपमा शनिबारबाट सुपर–८ का खेल सुरु भएका हुन् । पहिलो खेल वर्षाले अवरुद्ध हुँदा न्युजिल्याण्ड र पाकिस्तानले अंक बाँडेका छन्।

२० राष्ट्र सहभागी प्रतियोगिताबाट आयोजक भारत र श्रीलंकासहित जिम्बावे, वेस्ट इन्डिज, दक्षिण अफ्रिका, पाकिस्तान, इंग्ल्यान्ड र न्युजिल्यान्ड सुपर–८ मा पुगेका छन् ।

सुपर–८ मा पुगेका टोलीमध्ये समूह एकमा भारत, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र जिम्बावे तथा समूह दुईमा इंग्ल्याण्ड, न्युजिल्याण्ड, पाकिस्तान र श्रीलंका रहेका छन् ।

आइतबार हुने पहिलो खेलमा श्रीलंका र इंग्ल्यान्ड भिड्दैछन् । इंग्ल्यान्ड समूह ‘सी’बाट तीन जित र एक हारको सामना गर्दै सुपर आठ पुगेको हो भने श्रीलंका समूह ‘बी’बाट तीन जित र एक हारसहित सुपर आठमा पुगेको हो । दुवै टिम समूह उपविजेता हुन्। यो खेल दिउँसो ३ बजेर १५ मिनेटमा सुरु हुँदैछ।

दोस्रो खेलमा आइतबार साविक विजेता भारत र उपविजेता दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुँदैछ । भारतमा हुने यो भिडन्त साँझ ७ बजेर १५ मिनेटमा सुरु हुँदैछ । भारत समूह ‘ए’को विजेता हो भने दक्षिण अफ्रिका समूह ‘डी’को विजेता हो । यो विश्वकपको समूह चरणमा दुवै टिम अपराजित छन्।

टी–२० विश्वकप २०२६ को फाइनल फागुन २४ गते हुनेछ । नेपाल भने समूह चरणबाट बाहिरिएर घर फर्किसकेको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०८२, आइतबार  ६ : ५३ बजे

रसुवा बाढी : उच्चस्तरीय संयन्त्रसँगै संसदीय समिति पनि गठन हुने 

काठमाडौं– रसुवा बाडीलाई लिएर उच्चस्तरीय राजनीति संयन्त्रसँगै संसदीय समिति पनि

जलवायु परिवर्तनले विश्वको पानी चक्र अनियमित बन्दै : डब्लुएमओ

जेनेभा– विश्वमा पानीको चक्र झन् अनियमित बन्दै गएको संयुक्त राष्ट्रसङ्घले

अब्बासलाई महासभामा सहभागी हुन अमेरिकाले दिएन भिसा

एजेन्सी– संयुक्त राज्य अमेरिकाले प्यालेस्टिनी प्राधिकरणका अध्यक्ष महमुद अब्बासलाई अर्को

भोटेकोशी बाढी : १ हजार ४ सय ९ जनाको शव भेटियो

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार बिहान ११ बजेसम्म

राष्ट्रपतिसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष