जेन-जी आन्दोलनका घाइतेको विवरण पठाउन अन्तिम सूचना « Khabarhub

जेन-जी आन्दोलनका घाइतेको विवरण पठाउन अन्तिम सूचना


१० फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेन-जी आन्दोलनका क्रममा घाइते भएकाहरूको विवरण उपलब्ध गराउन सम्बन्धित स्वास्थ्य संस्थाहरूलाई अनुरोध गर्दै अन्तिम सूचना जारी गरेको छ।

मन्त्रालयले गृह मन्त्रालयको पत्र तथा समन्वय समितिको बैठकको निर्णयअनुसार जेन-जी आन्दोलनका घाइतेहरूको सूचीकरण, वर्गीकरण तथा पुनःवर्गीकरण सम्बन्धी कार्य भइरहेको जनाएको छ । उक्त कार्यलाई समयमै टुंगो लगाउन आवश्यक विवरण संकलन गर्न लागिएको मन्त्रालयले स्पष्ट पारेको छ ।

सूचनाअनुसार लामो समयसम्म पनि सबै विवरण प्राप्त नभएकाले मन्त्रालयले फागुन १ गतेदेखि १५ गतेसम्म १५ दिनको म्याद दिँदै अन्तिम सूचना प्रकाशन गरेको हो । सो अवधिभित्र विधिपूर्वक प्राप्त भएका निवेदन तथा विवरणको आधारमा घाइतेहरूको अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरिएको छ ।

मन्त्रालयले जेन-जी आन्दोलनका क्रममा घाइते भई उपचार गरिएका सबै व्यक्तिहरूको विवरण सम्बन्धित स्वास्थ्य संस्थाहरूले मन्त्रालयको इमेल ठेगानामा  फागुन १५ गतेभित्र पठाउन आग्रह गरेको छ। 

तोकिएको समयसीमाभित्र विवरण नपठाइएमा प्रक्रिया प्रभावित हुन सक्ने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०८२, आइतबार  ११ : ५५ बजे

बैठक बस्न नसकेपछि पार्टी कार्यलयबाट निस्किए केपी ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टी केन्द्रीय कार्यालय

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

मस्को- युक्रेन युद्ध पाँचौँ वर्षमा प्रवेश गरिरहेका बेला क्रेमलिनको सत्तामाथिको

देवानगञ्जमा युवकलाई गोली हानिएको घटना प्रहरीले किन लुकायो ?

विराटनगर- सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मा शनिबार भएको घटनामा स्थानीय निरजकुमार

उपासनाको एकतर्फी प्रेममा सोनम, यस्तो छ ‘जलाकी’को फष्टलुक टिजर

काठमाडौं– अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको नयाँ नेपाली

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

रियाद– यमनमा द्वन्द्व पुनः सुरु भएयता पहिलो पटक साउदी राजधानी