विश्वकप : दक्षिण अफ्रिकाविरुद्ध चलेन भारतको ब्याटिङ, ७६ रनले पराजित « Khabarhub

विश्वकप : दक्षिण अफ्रिकाविरुद्ध चलेन भारतको ब्याटिङ, ७६ रनले पराजित


१० फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर ८ चरणमा दक्षिण अफ्रिकाले भारतलाई ७६ रनको फराकिलो अन्तरले पराजित गरेको छ । यो जितसँगै दक्षिण अफ्रिकाले सुपर ८ चरणमा महत्वपूर्ण अंक जोड्दै सेमिफाइनलकाे सम्भावना बलियो बनाएको छ ।

एक सय ८८ रनको लक्ष्य पछ्याएको भारतको ब्याटिङ क्रम सुरुआतदेखि नै अस्थिर देखियो । निरन्तर विकेट पतन हुँदा भारतीय टोली १८.५ ओभरमै १११ रनमा अलआउट भयो ।

भारतका शिवम दुवेले ३७ बलमा ४२ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यान चल्न सकेनन् । ओपनर इशान किसन पहिलो ओभरमा नै शुन्य रनमा आउट भएका थिए । यस्तै अर्का ओपन अविशेष शर्मा पनि १५ रन बनाएर आउट भए । कप्तान सूर्यकुमार यादवको ब्याटिङ आजको खेलमा चल्न सकेन । उनले २२ बलको सामना गर्दा मात्रै १८ रन बनाए ।

तस्बिर : क्रिक इन्फाे

दक्षिण अफ्रिका मार्को जेन्सेनले चार विकेट लिए । ३.५ ओभर बलिङ गरेका उनले २२ रन खर्चिए । यस्तै केशव महाराजले तीन, कोर्बिन बोशले दुई र एडन मार्करामले एक विकेट लिए ।

यसअघि भारतको नरेन्द्र मोदी स्टेडियमा टस जितेर पहिले ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १८७ रन बनाएको थियाे । दक्षिण अफ्रिकाका लागि डेभिड मिलरले सर्वाधिक ६३ रनको बनाए । ४५ बलको सामना गरेका उनले ७ चौका र ३ छक्का प्रहार गरे ।

यस्तै डेवाल्ड ब्रेभिस ४५, ट्रिस्टन स्टब्स ४४ रनमा आउट भएका थिए । दक्षिण अफ्रिकाका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

भारतमा लागि जसप्रित बुमराहले ३ विकेट लिए । चार ओभर बलिङ गरेको उनले मात्रै १५ रन खर्चिए । अर्शदीप सिंहले २ विकेट लिँदा वरुण चक्रवर्ती र शिवम दुवेको नाममा एक एक विकेट रह्यो ।

प्रकाशित मिति : १० फाल्गुन २०८२, आइतबार  ११ : ११ बजे

विश्वकप : दक्षिण अफ्रिकाविरुद्ध चलेन भारतको ब्याटिङ, ७६ रनले पराजित

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर ८ चरणमा दक्षिण अफ्रिकाले

निर्वाचन आयोगले भन्यो : चुनाव प्रचारमा भौतिक स्वरूपका चुनाव चिह्न प्रयोग नगर्नू

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को

मधेश बलियो भए मात्रै मुलुकमा सङ्घीयता सुरक्षित रहन्छ : यादव

सप्तरी – जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा

मापदण्ड बमोजिम निर्वाचन प्रचारप्रसार गर्न गराउन आयोगको अनुरोध

काठमाडाैं – निर्वाचन आयोगले तोकिए बमोजिमको मापदण्डबमोजिम दलको झन्डा र

धनगढीभित्रको सडक क्षेत्राधिकार आठ मिटर कायम

सुदूरपश्चिम- धनगढी उपमहानगरपालिकाले सडक क्षेत्राधिकार १० मिटरबाट घटाएर पुनः आठ