अमेरिकाको हवाइमा २० वर्षयताकै ठूलो बाढी : हजारौं विस्थापित « Khabarhub

अमेरिकाको हवाइमा २० वर्षयताकै ठूलो बाढी : हजारौं विस्थापित


८ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

हवाई – अमेरिकाको हवाई राज्यमा भारी वर्षासहितको आँधीबेहरीपछि राज्यव्यापी उच्च सतर्कता अपनाइएको छ। शक्तिशाली मौसमी प्रणालीका कारण भारी वर्षापछि आएको बाढीका कारण स्थानीय प्रशासनले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानतर्फ सर्न निर्देशन दिएको छ।

राज्यका गभर्नर जोस ग्रीनका अनुसार ओहाउ टापु तथा माउई काउन्टीका केही भूभागमा आकस्मिक बाढीको उच्च जोखिम रहेको छ । पछिल्लो एक साताभित्र यो दोस्रो शक्तिशाली मौसमीय प्रकोप हो।

गत १० दिनमा राज्यका कतिपय क्षेत्रमा भारी वर्षा भइसकेको छ । ‘यस आँधीलाई हल्का रूपमा नलिनुहोस,’ भिडियो सन्देशमार्फत चेतावनी दिइएको छ । हालसम्म मानवीय क्षति नभए पनि केही गम्भीर घाइते भएका विवरण सार्वजनिक भएको छ।

प्रकोपका कारण विस्थापित नागरिकका लागि सहुलियतदरमा होटल सुविधा उपलब्ध गराउने कार्यक्रम राज्य सरकारले सञ्चालनमा ल्याएको छ। यसैबीच, पहिल्यै पानीले भिजेको जमिनका कारण सामान्य वर्षाले समेत बाढी, सडक अवरोध तथा भौतिक क्षति निम्त्याउन सक्ने चेतावनी दिइएको छ।

होनोलुलुका मेयर रिक ब्लाङ्गियार्डीले आँधीबेहरीबाट हुने क्षति १ अर्ब अमेरिकी डलरभन्दा बढी पुग्न सक्ने अनुमान गरेका छन्। उनका अनुसार हालसम्म २३० भन्दा बढी व्यक्तिको उद्धार गरिसकिएको छ।

आपतकालीन व्यवस्थापन विभागले पटक–पटक आकस्मिक बाढीको चेतावनी जारी गर्दै नागरिकलाई सुरक्षित उचाइयुक्त स्थानमा जान तथा बाढीग्रस्त क्षेत्रबाट टाढा रहन आग्रह गरेको छ। मोलोकाइ तथा ‘बिग आइल्याण्ड’ सहितका क्षेत्रमा समेत सतर्कता लागू गरिएको छ।

गभर्नर ग्रीनले यो विपद्ले विमानस्थल, विद्यालय, सडक, अस्पताल तथा आवासीय संरचनामा व्यापक क्षति र्पुयाएको उल्लेख गर्दै ‘यो पछिल्लो २० वर्षयताकै ठूलो बाढी हो’ भनेका छन्।

प्रकाशित मिति : ८ चैत्र २०८२, आइतबार  ७ : ०५ बजे

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो पाचौँ विकेट, हर्मित सिंहले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा