चुनावी हारले फुटतिर कांग्रेस : देउवा पक्षले थाल्यो अलग्गै तयारी, पन्ध्रौँ महाधिवेशन मिति घोषणा गर्दै « Khabarhub

चुनावी हारले फुटतिर कांग्रेस : देउवा पक्षले थाल्यो अलग्गै तयारी, पन्ध्रौँ महाधिवेशन मिति घोषणा गर्दै

गुरू बराल भन्छन् : गगनलाई हामीले वैधानिक सभापति मानेकै छैनौँ


८ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको चौधौं महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेर्तत्वको केन्द्रीय कार्यसमितिको बैठक केही दिनमै बोलाउने तयारी भएको छ ।

हाल हङकङमा रहेका तत्कालीन सभापति देउवा नेपाल फर्किएलगत्तै चौधौँ महाधिवेशन केन्द्रीय कार्यसमितिको बैठकले राख्ने तयारी थालिएको हो ।

देउवा समूहले उक्त बैठकबाट पन्ध्रौँ नियमित महाधिवेशनको तालिका सार्वजनिक गर्ने जानकारी नेता गुरू बरालले दिएका छन् ।

‘दोस्रो विशेष महाधिवेशनबाट ‘इमर्जेन्सी’ घोषणा गरेर फागुन २१ को निर्वाचनमा होमिएका सभापति गगनकुमार थापाको टोलीलाई हामीले वैधानिक मानेका छैनौँ,’ उनले भने, ‘निर्वाचनको समयमा पार्टीको मत घट्ने भएकाले हामी शान्त बसेका थियौं । अब नियमित अधिवेशन गरेर कांग्रेसलाई एकतावद्ध र बलियो पार्टी बनानेछौँ ।’

गत पुस अन्तिम साता काठमाडौंमा बसेको दोस्रो विशेष महाधिवेशन पक्ष (गगन थापा र विश्वप्रकाश शर्मा) कुनै शक्तिको स्वार्थमा परेकै कारण फागुन २१ को निर्वाचनमा पार्टीले ठूलो हार व्यहोर्नु परेको पनि आरोप उनले लगाए ।

‘उहाँहरूलाई कुन शक्तिले बलजफ्ती विशेष महाधिवेशनबाट सभापति बनेपछि बहुमतसहितको प्रधानमन्त्री बनाइदिन्छु भनेको थियो ? उहाँहरूलाई महत्वकांक्षाको पर्दाले छोपेका कारण अटेरी गरेर अघि बढ्नुभो ।’

चौधौँ महाधविशेनका सभापति देउवाले पार्टी नेतृत्व हस्तान्तरण गरिसकेको अवस्थामा निर्वाचनको मुखैमा आएर पार्टीलाई दुई धार बनाएकै कारण कांग्रेसलाई पराजयतर्फ लगेको उनले बताए ।

‘सभापतिले पूर्णबहादुर खड्कालाई असोजमै कार्यवाहक दिएर नेतृत्वमा दाबी नगर्ने बताइसक्नु भएको थियो’, उनले भने, ‘निर्वाचनको मुखमा महाधिवेशन गर्दा मतपरिणाममा प्रभाव पर्ने निष्कर्ष पहिले नै निकालेका थियौँ । त्यहीकारण पन्ध्रौँ नियमित महाधिवेशन मिति २०८३ वैशाखका लागि तय भएको थियो । तर उहाँहरूले अटेरी गरेर विशेष महाधिवेशनमा जाँदा पार्टीलाई ठूलो क्षति भयो ।’

पार्टीका क्रियाशील सदस्यहरूले नै कांग्रेसलाई रुख चिह्नमा भोट नहालेको अवस्थामा अब तल्लो तहदेखि नै संरचनागत सुधार गरेर जाने तयारी भइरहेको पनि दाबी उनले गरेका छन् ।

‘सभापति देउवा चैत १३/१४ गते नेपाल फर्किने कुरा छ, त्यसपछि बैठक बसेर आवश्यक निर्णय गर्नेछौँ,’ उनले खबरहबलाई भने ।

निर्वाचनमा आफूलगायत अधिकांश पदाधिकारीको पारजयपछि नैतिक जिम्मेवारी लिँदै सभापति थापाले गत बुधबार उपसभापति विश्वप्रकाश शर्मासमक्ष राजीनामा बुझाइसकेका छन् ।

तथापि, उनको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव विशेषबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठकमा उपसभापति शर्माले पेश गरेका छन । यस प्रस्तावमा शुक्रबारदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा छलफल जारी छ ।

बैठकले फागुन २१ को निर्वाचनमा भएको हारको पनि समीक्षा गरको छ । समीक्षाका क्रममा देशका २१ क्षेत्रमा अन्तरघातकै कारण कांग्रेसले हार व्यहोरेको निष्कर्ष निकालिएको छ ।

अर्कातिर कांग्रेसको भातृसंस्था नेपाल विद्यार्थी संघ नेविसंघको शुक्रबार नै बसेको बैठकले अब स्वयत्तरुपमा काम गर्ने निर्णय गरेको छ । नेविसंघको यो निर्णय गगन नेतृत्वको कांग्रेसलाई धक्का लागेको छ । यद्यपि महामन्त्री गुरु घिमिरेले नेविसंघको उक्त निर्णय कारबाहीयोग्य रहेको बताइसकेका छन् ।

प्रकाशित मिति : ८ चैत्र २०८२, आइतबार  १ : ५३ बजे

सडक ऐन संशोधन गर्ने विधेयक गण्डकी प्रदेशसभामा

गण्डकी– गण्डकी प्रदेशसभाको आजको बैठकमा गण्डकी प्रदेश सडक ऐन २०८१

इँटाभट्टाको पर्खाल भत्किएर महिलाको मृत्यु

पाटन– ललितपुरको हरिसिद्धीमा इँटाभट्टाको पर्खाल भत्किएर एक महिलाको मृत्यु भएको

आयोगले सरकारलाई बुझायो निर्वाचनको मत परिणामसहितको प्रतिवेदन

काठमाडौं– निर्वाचन आयोगले सरकारलाई प्रतिनिधिसभा सदस्य निर्वाचनको मत परिणामसहितको प्रतिवेदन

निर्वाचनपछि नेपालका कम्युनिष्टको भूमिकाबारे गम्भीर प्रश्न उठ्यो : नेकपा मसाल

काठमाडौं– नेकपा मसालले प्रतिनिधिसभाको निर्वाचनपछि नेपालका कम्युनिष्टहरुको भूमिकाबारे गम्भीर प्रश्न