दोधारा चादँनी सुक्खा बन्दरगाहको भौतिक प्रगति चार प्रतिशत « Khabarhub

दोधारा चादँनी सुक्खा बन्दरगाहको भौतिक प्रगति चार प्रतिशत


८ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– कञ्चनपुरको दोधारा चादँनीमा सुक्खा बन्दरगाह निर्माण तीव्र गतिमा भइरहेको छ । सन् २०२५ डिसेम्बर २४ देखि निर्माण सुरु भएकामा हालसम्म चार दशमलव पाँच प्रतिशत भौतिक प्रगति भएको हो ।

नेपाल इन्टरमोडल यातायात विकास समितिका इन्जिनियर अनिल केसीले दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणस्थलमा संरचनाको काम भइरहेको जानकारी दिए । 

‘भारत सरकारको प्राविधिक र आर्थिक सहयोगमा निर्माणाधीन सुक्खा बन्दरगाहको आर्थिक प्रगति तीन दशमलव पाँच प्रतिशत छ’, उनले भने, ‘माटो फिलिङ, पर्खाल निर्माण, आवास निर्माणका साथै मलेरिया नालामा पुलका लागि जग निर्माण हुँदैछ ।’

इन्जिनियर केसीका अनुसार रु दुई अर्ब ३७ करोड भारतीय रुपैयाँमा निर्माण भइरहेको सुक्खा बन्दरगाह तीस महिनाभित्र सम्पन्न गरिसक्नुपर्नेछ । 

बन्दरगाह निर्माणका लागि दोधारा चाँदनी नगरपालिका-१ स्थित गौरीशङ्कर सामुदायिक वनमा एक हजार ७०५ रुख कटानी यसअघि गरिएका थियो । उक्त बन्दरगाह निर्माणका लागि नेपाल सरकार र भारत सरकारबीच सन् २०२३ जुन १ तारिखमा समझदारीपत्रमा हस्ताक्षर भएको थियो । 

विसं २०६४ मा सरकारले कञ्चनपुरको दोधारा चाँदनीस्थित सुक्खा बन्दरगाह निर्माण गर्ने घोषणा गरेको हो । लामो समय जग्गा उपलब्ध नहुँदा निर्माणको विषय अन्योल बनेको थियो । ‘ढुङ्गा, माटो, गिट्टी, ग्राइभेल र इँटालगायत सामग्री निर्माण कम्पनीले नेपाली प्रयोग गरिरहेको छ’, इन्जिनियर केसीले भने, ‘त्यो बाहेकका निर्माण सामग्री भारतबाट आयात गरेरकाम अघि बढेको छ ।’

बन्दरगाह निर्माणका लागि प्रयोग हुने ४२ दशमलव ३६ हेक्टर क्षेत्रफलमा दुई वटा गोदाम भवन, क्वारेन्टाइन भवन, भन्सार चेकजाँच भवन, इमिग्रेसन भवन, सुरक्षा भवनलगायत पूर्वाधार निर्माण हुने इन्टर मोडल यातायात विकास समितिले जनाएको छ । भारततर्फबाट पनि सुक्खा बन्दरगाह सम्मको पहुँचमार्ग निर्माण जारी छ । रासस
 

प्रकाशित मिति : ८ चैत्र २०८२, आइतबार  २ : १३ बजे

मधेस प्रदेशमा गत वर्ष ५९१ किमी सडक निर्माण र विस्तार

जनकपुरधाम – मधेस प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२.८३ मा

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

भद्रपुर – झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमण र मृत्युदर बढेपछि

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘जेनेरेटर’ वितरण

रसुवा – भोटेकोशी बाढीबाट प्रभावित यहाँका विभिन्न समुदाय, विद्यालय तथा

चारपटक म्याद थप्दा पनि बनेन जैमिनीको प्रशासकीय भवन

बागलुङ – निर्माण व्यवसायीले तोकिएको समयमा काम गरेको भए बागलुङको

आजको मौसम पूर्वानुमान : पाँँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।