कांग्रेसले नेविसंघ नेतृत्वलाई कारबाही गर्न सक्ने, प्रवक्ता भन्छन् : लक्ष्मण रेखा नाघियो « Khabarhub

कांग्रेसले नेविसंघ नेतृत्वलाई कारबाही गर्न सक्ने, प्रवक्ता भन्छन् : लक्ष्मण रेखा नाघियो


८ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसले भ्रातृसंस्था नेपाल विद्यार्थी संघलाई पार्टीबाट अलग र स्वायत्त राख्ने सभापति दुजाङ शेर्पाको घोषणालाई गम्भीरतापूर्वक लिइएको जनाएको छ।

शुक्रबारदेखि जारी केन्द्रीय कार्यसमिति बैठकका क्रममा प्रवक्ता देवराज चालिसिले नेविसंघको नेतृत्वको उक्त घोषणालाई पार्टी अनुशासनविपरीतको कदम भनेका छन् ।

‘नेपाल विद्यार्थी सघं, तरूण दल र महिला संघसहित पार्टीका भ्रातृ संगठन हुन् । यी सबैलाई नेपाली कांग्रेसले बनाएको हो’, उनले भने, ‘पार्टीले निर्माण गरेका संस्थानहरूले अलग भएँ, म बाहिरिएँ भनेर घोषणा गर्नु कति राजनीतिक, वैधानिक र अर्थपूर्ण हुन्छ ? यो घोषणा गर्ने र भन्ने मान्छेले सोच्ने विषय हो ।’

उनले शेरबहादुर देउवानिकट दुजाङको यो घोषणाले पार्टी बैठकमा प्रवेश पाएको पनि बताए । ‘यो कुराले पार्टी बैठकमा प्रवेश पाएको छ । वक्ताहरूले बैठकमा यी कुरा राख्नु भएको छ । यो कुरा पार्टीभित्र अनुशासनको विषय बन्न सक्छ’, उनले भने, ‘पार्टीको मर्यादाविपरीत जाने काम कसैले गर्नु हुँदैन । यो त सबै किसिमले लक्ष्मण रेखाभन्दा बाहिरको विषय हो ।’

उनले चित्त नबुझेका कुरा पार्टीमा राख्न सकिने बताएका छन् । ‘पार्टीबारे उठेका कुरा, क्रिया र प्रतिक्रिया लोकतान्त्रिक पार्टीमा राख्न पाइन्छ’, उनले भने, ‘तर ती कुरा पार्टी विधानअनुसार हुनुपर्छ भन्ने ख्याल गर्नुपर्छ ।’

प्रकाशित मिति : ८ चैत्र २०८२, आइतबार  ४ : १४ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२