कांग्रेसले नेविसंघ नेतृत्वलाई कारबाही गर्न सक्ने, प्रवक्ता भन्छन् : लक्ष्मण रेखा नाघियो « Khabarhub

कांग्रेसले नेविसंघ नेतृत्वलाई कारबाही गर्न सक्ने, प्रवक्ता भन्छन् : लक्ष्मण रेखा नाघियो


८ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसले भ्रातृसंस्था नेपाल विद्यार्थी संघलाई पार्टीबाट अलग र स्वायत्त राख्ने सभापति दुजाङ शेर्पाको घोषणालाई गम्भीरतापूर्वक लिइएको जनाएको छ।

शुक्रबारदेखि जारी केन्द्रीय कार्यसमिति बैठकका क्रममा प्रवक्ता देवराज चालिसिले नेविसंघको नेतृत्वको उक्त घोषणालाई पार्टी अनुशासनविपरीतको कदम भनेका छन् ।

‘नेपाल विद्यार्थी सघं, तरूण दल र महिला संघसहित पार्टीका भ्रातृ संगठन हुन् । यी सबैलाई नेपाली कांग्रेसले बनाएको हो’, उनले भने, ‘पार्टीले निर्माण गरेका संस्थानहरूले अलग भएँ, म बाहिरिएँ भनेर घोषणा गर्नु कति राजनीतिक, वैधानिक र अर्थपूर्ण हुन्छ ? यो घोषणा गर्ने र भन्ने मान्छेले सोच्ने विषय हो ।’

उनले शेरबहादुर देउवानिकट दुजाङको यो घोषणाले पार्टी बैठकमा प्रवेश पाएको पनि बताए । ‘यो कुराले पार्टी बैठकमा प्रवेश पाएको छ । वक्ताहरूले बैठकमा यी कुरा राख्नु भएको छ । यो कुरा पार्टीभित्र अनुशासनको विषय बन्न सक्छ’, उनले भने, ‘पार्टीको मर्यादाविपरीत जाने काम कसैले गर्नु हुँदैन । यो त सबै किसिमले लक्ष्मण रेखाभन्दा बाहिरको विषय हो ।’

उनले चित्त नबुझेका कुरा पार्टीमा राख्न सकिने बताएका छन् । ‘पार्टीबारे उठेका कुरा, क्रिया र प्रतिक्रिया लोकतान्त्रिक पार्टीमा राख्न पाइन्छ’, उनले भने, ‘तर ती कुरा पार्टी विधानअनुसार हुनुपर्छ भन्ने ख्याल गर्नुपर्छ ।’

प्रकाशित मिति : ८ चैत्र २०८२, आइतबार  ४ : १४ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको