आयोगले सरकारलाई बुझायो निर्वाचनको मत परिणामसहितको प्रतिवेदन « Khabarhub

आयोगले सरकारलाई बुझायो निर्वाचनको मत परिणामसहितको प्रतिवेदन


८ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोगले सरकारलाई प्रतिनिधिसभा सदस्य निर्वाचनको मत परिणामसहितको प्रतिवेदन बुझाएको छ । 

आइतबार बालुवाटारमा निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी नेतृत्वको टोलीले प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिनिधिसभा सदस्य निर्वाचनको मत परिणामसहितको प्रतिवेदन हस्तान्तरण गरेको हो ।

प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्री कार्कीले निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा आयोगप्रति आभार व्यक्त गरिन् । आयोगले गरेको कामलाई इतिहासले धेरै उच्च मूल्याङ्कन गर्ने प्रधानमन्त्री कार्कीले बताएको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

हालैको निर्वाचन सुशासनको हिसाबले अहिलेसम्मकै सबभन्दा राम्रो निर्वाचन भएको महसुस सरकारले गरेको गृहमन्त्री अर्यालले बताए ।

सो क्रममा निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी, आयुक्तहरू डा. जानकी कुमारी तुलाधर र सगुन शमशेर जबरा तथा आयोगका सचिव कृष्णबहादुर राउतलगायतका साथै गृहमन्त्री तथा कानुनमन्त्रीलगायतको उपस्थिति रहेको थियो । 

प्रकाशित मिति : ८ चैत्र २०८२, आइतबार  ६ : ४४ बजे

मधेस प्रदेशमा गत वर्ष ५९१ किमी सडक निर्माण र विस्तार

जनकपुरधाम – मधेस प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२.८३ मा

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

भद्रपुर – झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमण र मृत्युदर बढेपछि

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘जेनेरेटर’ वितरण

रसुवा – भोटेकोशी बाढीबाट प्रभावित यहाँका विभिन्न समुदाय, विद्यालय तथा

चारपटक म्याद थप्दा पनि बनेन जैमिनीको प्रशासकीय भवन

बागलुङ – निर्माण व्यवसायीले तोकिएको समयमा काम गरेको भए बागलुङको

आजको मौसम पूर्वानुमान : पाँँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।