निर्वाचनपछि नेपालका कम्युनिष्टको भूमिकाबारे गम्भीर प्रश्न उठ्यो : नेकपा मसाल « Khabarhub

निर्वाचनपछि नेपालका कम्युनिष्टको भूमिकाबारे गम्भीर प्रश्न उठ्यो : नेकपा मसाल


८ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा मसालले प्रतिनिधिसभाको निर्वाचनपछि नेपालका कम्युनिष्टहरुको भूमिकाबारे गम्भीर प्रश्न उठेको जनाएको छ । 

हालैसम्पन्न केन्द्रीय समितिको पूर्ण बैठकबारे जानकारी दिन आइतबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहले कम्युनिष्ट नेताहरूको आचरणका कारण जनतामा निराशा र असन्तोष पैदा भएको निर्वाचनबाट पुष्टि भएकाले नेपालका कम्युनिष्टहरुको भूमिकाबारे गम्भीर प्रश्न उठेको बताएका हुन् ।

कम्युनिस्टहरूले सही राजनीतिक दर्शन अनुसार काम गर्न नसकेकाले कम्युनिस्टको मूलधार भनिनेहरूको पतन भएको उनको भनाइ छ । उनले अहिले नेपालमा आफूलाई मूलधार भनिनेहरू वास्तविक कम्युनिष्ट नभएको समेत तर्क गरे । त्यस्तै महामन्त्री सिंहले राजनीतिमा उमेरले कुनै अर्थ नराख्ने समेत बताए । उमेर भन्दा पनि सही दृष्टिकोण महत्त्वपूर्ण हुने उनको भनाइ छ ।

उनले युवा नेताका रुपमा परिचित रास्वपा सभापति रवि लामिछानेले गृहमन्त्री हुँदा अरबौ घोटाला गरेको आरोप समेत लगाए ।  

त्यस्तै नेकपा मसालले भदौ २३ र २४ गते भएको युवाहरूको आन्दोलन जायज मागका लागि भए पनि स्पष्ट नेतृत्व हुन नसक्दा अवसरवादीहरूले त्यसलाई गलत रुपमा प्रयोग गरेको जनाएको छ । 

मसालले वर्तमान राजनीतिक अवस्थालाई गम्भीर चुनौतीका रूपमा प्रस्तुत गर्दै राष्ट्रिय स्वाधीनता, पारदर्शिता र जनताको हितअनुसार राजनीति सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याएको छ भने हिंसात्मक घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र बाह्य प्रभावबाट मुक्त राष्ट्रिय नीति अवलम्बन गर्न सबै पक्ष एकताबद्ध हुनुपर्नेमा जोड दिएको छ । 

प्रकाशित मिति : ८ चैत्र २०८२, आइतबार  ६ : २७ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म

कर्णालीले जनकपुरलाई दियो १ सय ३३ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली