जर्मनीमा तिब्बती अधिकारसम्बन्धी कार्यक्रम आयोजना « Khabarhub

जर्मनीमा तिब्बती अधिकारसम्बन्धी कार्यक्रम आयोजना


८ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जर्मनीको पोट्सड्याममा तिब्बती अधिकारसम्बन्धी कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा जर्मनी र सहरको झण्डासँगै तिब्बती झण्डा पनि फहराइएको थियो ।

कार्यक्रममा शहरकी सुरक्षा र सामाजिक मामिला काउन्सिलर ब्रिजिट मेयरले दलाई लामासँगको आफ्नो भेट स्मरण गरिन् । उहाँले तिब्बती संस्कृति र धर्म बचाउनु निकै महत्त्वपूर्ण रहेको भन्दै चीनको कूटनीतिक दबाबका बाबजुद दलाई लामालाई म्युनिखमा स्वागत गर्दा मानिसहरूको ठूलो उत्साह देखिएको चर्चा गरिन् ।

जेनेभास्थित तिब्बत ब्युरोकी प्रतिनिधि थिन्ले चुक्कीले चिनियाँ कब्जाका क्रममा ज्यान गुमाउने तिब्बतीहरूको सम्मान गरिन् ।उनले तिब्बतभित्र भइरहेको दमनबारे चर्चा गर्दै १० लाखभन्दा बढी तिब्बती बालबालिकालाई आवासीय विद्यालयमा राखिएको र उनीहरूलाई आफ्नो भाषा, संस्कृति र धर्म सिक्न रोक लगाइएको जनाइन् ।

जर्मनीमा तिब्बती झण्डा फहराउने अभियान सुरु भएको ३० वर्ष पुगेको छ । यसै कार्यक्रममा तिब्बत इनिसिएटिभ डोइचल्याण्ड नामक संस्थाले काउन्सिलर मेयरलाई सम्मान समेत गरेको थियो ।

प्रकाशित मिति : ८ चैत्र २०८२, आइतबार  ७ : २२ बजे

महाधिवेशनबाट थप शक्तिशाली बने गगन, टिम पनि सहज

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट सभापति गगन थापा थप शक्तिशाली

अबदेखि बिटुमिन र असफाल्टको सडक निर्माण गर्न नमिल्ने

काठमाडौ– सरकारले सार्वजनिक खरिद तथा पूर्वाधार निर्माणमा स्वदेशी उत्पादन र

रास्वपाको शुभकामना अपिल: चाडपर्वमा उपहार, नगद र जिन्सीको लेनदेन नगर्नू

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल

एनपीएललाई आईसीसीले दियो मान्यता

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने ‘नेपाल