आज २०८३ साल वैशाख ९ गते बुधबारको राशिफल « Khabarhub

आज २०८३ साल वैशाख ९ गते बुधबारको राशिफल


९ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


624
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०८३ साल वैशाख ९ गते बुधबार। वैशाख शुक्ल पक्षको षष्ठी तिथि । रामानुजाचार्य जयन्ती, विश्व पृथ्वी दिवस । तदनुसार सन् २०२६ अप्रिल २२ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। आजको दिन उत्साहपूर्ण बन्नेछ। आम्दानीको बाटो खुल्नेछ। शिक्षामा प्रगति हुनेछ। खर्चबाट जोगिनु राम्रो हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृष : मिहिनेत गरेमा सफलता प्राप्त हुने दिन छ। तपाईंको कामले समाजमा प्रतिष्ठा बढ्नेछ। शिक्षामा प्रगति हुनेछ। आज ठुला योजनाको सुरुवात गर्नु राम्रो हुनेछ। जुनसुकै काममा पनि परिवारको साथ मिल्नेछ।

मिथुन : मान्यजनबाट सम्मान प्राप्त हुनेछ। मनमा उत्साह बढ्नेछ। आज नयाँ लगानीमा हात नहाल्नु उपयुक्त हुनेछ। शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा सुधार हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : संघर्षबाट काम बन्नेछ। संकटमा साथीले साथ मिल्नेछ। शिक्षाको लगानीमा सफलता मिल्नेछ। विदेशमा गरेको लगानीले आर्थिक क्षेत्रमा उत्साह थप्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

सिंह : दिन राम्रो छ। यात्रा रमाइलो बन्नेछ। तपाईंका गल्ती खोज्ने व्यक्ति सक्रिय रहेकाले काम गर्दा सचेत बन्नुपर्ने हुन्छ। कमाउने भन्दा जोगाउने दिन भएकाले व्यवहार गर्दा सचेत हुनु राम्रो हुन्छ।

कन्या : शुभ दिन छ। मनमा उत्साह बढ्नेछ। रोगबाट मुक्त हुने योग छ। शिक्षामा गरेको लगानीले फाइदा हुनेछ। सामाजिक क्षेत्रबाट नाम र दाम मिल्नेछ। परिवारको साथ र सहयोग राम्रो रहनेछ

तुला : दिन राम्रो छ। विग्रिएका कामहरु बन्नेछन् । हरेक क्षेत्रमा मिहिनेत र प्रयास गर्नु आवश्यक देखिन्छ। बिहानै धार्मिक कार्यमा सहभागी भएमा सबै काम सफल बन्नेछ। विदेश जाने योजना भए यात्रा सहज बन्नेछ।

वृश्चिक : मिहिनेत गर्नुपर्ने दिन छ। परीक्षा लेख्नुपर्ने भए पढाइलाई थप समय छुट्याउनु राम्रो हुनेछ। स्वास्थ्यमा सामान्य सुधार हुनेछ। राजनीतिमा सफलता मिल्नेछ। श्रमको मूल्यांकन हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

धनु : आफ्नो बोलीको प्रभावले राम्रो काम बन्नेछ। राजनीतिक र सामाजिक क्षेत्रमा समस्या आइपर्न सक्छ। स्वदेशको भन्दा विदेशको लगानीबाट नाफा हुनेछ।

मकर : आजको दिन त्यत्ति राम्रो छैन । सचेत भएर अघि बढ्नुहोला । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । व्यापारमा भने मिहिनेत गर्नुपर्ने दिन छ । शिक्षामा थप श्रम गर्नुहोला ।

कुम्भ : तपाईंका लागि आजको दिन राम्रो छ। अचानक धन आर्जन हुनेछ। शेयर कारोबारमा फाइदा हुनेछ। धार्मिक कार्यमा सहभागी भए मन शान्त हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

मीन : दिन सामान्य छ। विवेकपूर्ण निर्णय गर्नुपर्ने छ। तपाईंको महत्त्वपूर्ण निर्णयले समाजमा सम्मान प्राप्त हुनेछ। मनमा खटपटी हुनेछ। तपाईंले गरेको लगानीको उचित मूल्यांकन हुनेछ।

प्रकाशित मिति : ९ बैशाख २०८३, बुधबार  ५ : १२ बजे

पहाडी भूभागमा आंशिक बादल, तराई क्षेत्रमा तातो लहरको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इरानसँगको युद्धविराम अवधि लम्ब्याउने ट्रम्पको घोषणा, नाकाबन्दी कायमै रहने

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्धविरामको अवधि

हैदराबादको ‘हाइ–स्कोरिङ’ खेलमा अभिषेकको आक्रामक शतक : दिल्ली ४७ रनले पराजित

हैदराबाद– युवा प्रारम्भिक ब्याटर अभिषेक शर्माको विष्फोटक अविजित शतकको मद्दतले

वडा कार्यालय पुग्न २४ किलोमिटर पार गर्नुपर्ने

बाँके – बाँकेको राप्तीसोनारी गाउँपालिकाको विकट क्षेत्रमा रहेको बासखली चुनभट्टी

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय