‘जबज’सामु लोकप्रियतावाद र अवशरवाद केही समयका पाहुना हुन् : शंकर पोखरेल « Khabarhub

‘जबज’सामु लोकप्रियतावाद र अवशरवाद केही समयका पाहुना हुन् : शंकर पोखरेल


९ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीले अंगिकार गरेको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) सामु लोकप्रियतावाद, अराजकतावाद र अवसरवादको चुनौती केही समयका पाहुना भएको बताएका छन् ।

नेपाल कम्यूनिष्ट पार्टीको स्थापना दिवशको अवसरमा यसका संस्थापकहरुको स्मरण गर्दै पोखरेलले सामाजिक सञ्जाल मार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

‘जबजका समृद्ध विचारका सामु अल्गोरिदमले नेपाली राजनीतिमा सृजना गरेको लोकप्रियतावाद,अराजकतावाद, र अवशरवादको चुनौती केही समयका पाहुना जस्तै हुन्’ पोखरेलले लेखेका छन् ‘कम्यूनिष्ट आन्दोलनको गौरवपूर्ण इतिहासप्रति सम्मान प्रकट गर्दै जबजको मार्गदर्शनमा समाजवादको बाटोमा दृढतापूर्वक् अघि बढ्ने संकल्प गरौं ।’

महासचिव पोखरेलले नेकपाका संस्थापक पुष्पलाल श्रेष्ठ, नारायणविलास जोशी, निरञ्जन गोविन्द वैद्य, नरबहादुर कर्मचार्य र मोतीदेवी श्रेष्ठ लगायतका नेताहरुको योगदानलाई स्मरण गरेका छन् ।

प्रकाशित मिति : ९ बैशाख २०८३, बुधबार  ९ : ३९ बजे

हिजबुल्लाहको ड्रोन आक्रमणपछि दक्षिणी लेबनानमा इजरायलको जवाफी कारबाही

बेरुत- हिजबुल्लाहले आफ्ना सैनिकहरूलाई लक्षित गरी ड्रोन प्रहार गरेपछि इजरायली

विदेशबाट बाढी पीडितलाई सहयोग दिनेका लागि छुट्टै खाता चलाउन निर्देशन

काठमाडौं- सरकारले विदेशस्थित नेपाली नियोगहरूलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा

१३ सय ४१ शव भेटिँदा ९८ जनाको मात्रै सनाखत

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा बाढी गएको १२ दिन बितिसक्दा समेत

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा– भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त भएपछि मित्रराष्ट्र

‘महाधिवेशन नरोकिए कांग्रेसलाई विभाजित हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर- नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल