खानेपानी उपभोक्ता समितिलाई क्षमता विकास तालिम « Khabarhub

खानेपानी उपभोक्ता समितिलाई क्षमता विकास तालिम


९ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र र संयुक्त राष्ट्रसङ्घीय बसोबास कार्यक्रमको संयुक्त आयोजनामा खानेपानी उपभोक्ता समितिहरूका लागि क्षमता विकास तालिम आयोजना गरिएको छ ।

आजदेखि सुरु भएको उक्त तालिम तीन दिनसम्म सञ्चालन हुने राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्रले जनाएको छ । 

देशका दुर्गम तथा ग्रामीण क्षेत्रमा रहेका खानेपानी उपभोक्ता समितिहरूलाई सशक्त बनाउने उद्देश्यले  प्रशिक्षण सञ्चालन गरिएको हो । 

देशका विभिन्न स्थानमा सञ्चालनमा रहेका खानेपानी उपभोक्ता समिति तथा खानेपानी व्यवस्थापन बोर्डसहित २४ वटा संस्थाबाट ४५ जना प्रतिनिधिहरूको सहभागिता रहेको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्रका कार्यकारी निर्देशक इन्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिए ।

राष्ट्रिय साना सहकारी महासङ्घका अध्यक्ष खेम ओली, नगरविकास कोषका सुवासराज पन्त, खानेपानी मन्त्रालय योगेन्द्र चित्रकार, खानेपानी विभागका सुरत बमलगायत  प्रशिक्षक छन् ।

प्रकाशित मिति : ९ बैशाख २०८३, बुधबार  ११ : ३९ बजे

प्रधानमन्त्री बालेनले असोज ८ गते राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले असोज ८ गते संयुक्त

बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धारसँगै सडक खुलाउन मुख्यमन्त्रीको निर्देशन

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बाजुरा र बैतडी जिल्लाका

इन्जिनियर दम्पतीसहित छोराछोरी बेपत्ता, पर्खाइमा परिवार

बागलुङ– बागलुङ नगरपालिका–९ तित्याङका इन्जिनियर दम्पती राजेश शर्मा र प्रमिला

भोटेकोशी बाढी : शिक्षण अस्पतालमा २१ घाइतेको उपचार हुँदै

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीमा