आजका समाचार : प्रधानमन्त्री राष्ट्रसंघ जाने, थालियो तयारी, गृहमन्त्रीले पनि लिए एआई फोटोको सहारा, शेखर र पूर्णबहादुर अन्तिमसम्म कांग्रेसमै जोडिने, फेरि चर्कियो अमेरिका–इरान तनाव, पानीजहाजमाथि आक्रमण गरेको दुवै पक्षको दाबी « Khabarhub

आजका समाचार : प्रधानमन्त्री राष्ट्रसंघ जाने, थालियो तयारी, गृहमन्त्रीले पनि लिए एआई फोटोको सहारा, शेखर र पूर्णबहादुर अन्तिमसम्म कांग्रेसमै जोडिने, फेरि चर्कियो अमेरिका–इरान तनाव, पानीजहाजमाथि आक्रमण गरेको दुवै पक्षको दाबी


२१ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रधानमन्त्री राष्ट्रसंघमा जान तयार : सरकारले थाल्यो तयारी, भोटेकोशी बाढी र जलवायु परिवर्तन मुख्य मुद्दा

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन जाने भएका छन् । यसअगाडि उनले आफू महासभामा नगएर परराष्ट्रमन्त्री शिशिर खनाललाई पठाउने निर्णय गरेका थिए ।

तर भदौ १० गते भोटेकोशीमा ठूलो बाढी आएर अकल्पनीय मानवीय र भौतिक क्षति भएपछि वालेन्द्रलाई राष्ट्रसंघमा गएर आफैं कुरा राख्न दवाब परेको थियो ।

उक्त दबाबबीच प्रधानमन्त्री शाहले महासभामा आफू पनि जाने निर्णय लिएका हुन् । उनको साथमा परराष्ट्रमन्त्री शिशिर खनाल पनि हुनेछन्।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार महासभामा प्रधानमन्त्री जाने भएपछि तयारी थालिएको छ । ‘प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री पनि महासभामा जानुहुन्छ, तयारी गरिरहेका छौँ। विभिन्न विज्ञसँग परमार्शपछि सम्बोधन र नेपालले उठाउने विषय तय हुँदैछ’, परराष्ट्रका अधिकारीले भने, ‘प्रधानमन्त्री र परराष्ट्र मन्त्री र सानो टोली लिएर जानु हुनेछ। ’

सरकारको काम देखाउन गृहमन्त्रीले पनि लिए एआई फोटोको सहारा

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

परराष्ट्रमन्त्रीसँग दक्षिण कोरियाका विदेशमन्त्रीको भेट, भोटेकोशी बाढीबारे छलफल

विदेशबाट बाढी पीडितलाई सहयोग दिनेका लागि छुट्टै खाता चलाउन निर्देशन

ग्रीन आर्मीको स्पष्टीकरण : खारेज भएको होइन, निरन्तर सक्रिय छौँ

सिडियोलाई गृहको पत्राचार : ऋण असुल्ने नाममा गैरकानुनी प्रक्रिया अपनाउनेलाई कानुनी कारबाही गर्नु

चिलिमे सुरुङमा पुगे सांसदद्वय सागर र श्रीराम, ‘ब्लास्ट’ गरेर बाटो खोल्न सेनालाई सुझाव

देशका लागी ज्यानको आहुति दिने जेन-जीका सपना पुरा गर्न सरकार लागिपरेको छ : गृहमन्त्री

थेराङ खोला बाढीपछि स्थानीय भन्छन्- गाउँबाट तलमाथि जाने पुल बगायो, नाकाबन्दीमा पर्‍यौँ

भोटेकोशी बाढीबारे गगन : नेपालले व्यहोरेको क्षति प्रमाणसहित विश्वमाझ लैजानु पर्छ

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पछिल्लो समय मुलुकमा भइरहेका प्राकृतिक विपद् र भौतिक पूर्वाधारमा क्षतिबारे गम्भीर समीक्षा गर्नुपर्ने बताएका छन् ।

आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै सभापति थापाले अहिलेको पहिलो प्राथमिकता उद्धार कार्य नै भए पनि त्यसपछि घटनाका कमजोरीहरूबारे संसद् र जनस्तरमा निष्पक्ष बहस हुनुपर्ने बताए ।

नेपालका विभिन्न स्थानमा बनिरहेका हाइड्रोपावर र सुरुङहरूमा विपद्का बेला हुनसक्ने जोखिम न्यूनीकरण र उद्धार कार्य निकै चुनौतीपूर्ण देखिएको उनले उल्लेख गरे।

थापाले पूर्वाधार निर्माण र डिजाइनकै चरणमा विपद्को पूर्वतयारी, आवश्यक उद्धार उपकरणको व्यवस्था र नयाँ प्राविधिक ज्ञानको सुनिश्चितता गर्न सरकार र सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराए ।

ओलीको तस्बिर दुरुपयोग गरी एआईबाट भ्रामक सामग्री बनाइएकोमा एमालेको आपत्ति

‘महाधिवेशन नरोकिए कांग्रेसलाई विभाजित हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

गगनसँग भेटेर शेखरले भने : देश र लोकतन्त्र अप्ठ्यारोमा छ, कांग्रेस मिल्नुको विकल्प छैन

नैनसिंहको प्रस्ताव : देश विपत्तिमा छ, कांग्रेस महाधिवेशन केही समय सारौँ

कांग्रेसका पदाधिकारीको दाबी : ‘शेखर र पूर्णबहादुर अन्तिमसम्म हाम्रोतिरै जोडिनुहुन्छ’

बाढीमा ज्यान गुमाएकाको सम्झनामा भिक्षुको प्रार्थना (तस्बिरहरू)

भदौ १० गते त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सुगतिको कामना गर्दै बौद्ध भिक्षुहरूले नुवाकोटको देवीघाट पुगेर प्रार्थना गरेका छन् ।

काठमाडौंको बूढानीलकण्ठस्थित बोधिसत्त्व विहारका भिक्षुहरूले देवीघाट पुगेर बाढी तथा पहिरोमा परी ज्यान गुमाएकाहरूले सुगति प्राप्त गरून् र सुखावती भुवनमा वास होस् भन्ने कामना गर्दै धार्मिक अनुष्ठान तथा प्रार्थना गरेका हुन् ।

भदौ १० गते रसुवाको उच्च हिमाली क्षेत्रमा आएको बाढीले त्रिशूली नदीको तटीय क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको छ । बाढीको प्रभाव रसुवाको टिमुरे, स्याफ्रुबेंसी, बेत्रावती, त्रिशूली हुँदै नुवाकोट, धादिङलगायतका विभिन्न क्षेत्रमा परेको छ ।

बाढीका कारण घर, सडक, पुल, बजार तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ भने ठूलो संख्यामा मानिस प्रभावित भएका छन्। बाढीमा परी ज्यान गुमाएकाहरूको शव विभिन्न स्थानबाट उद्धार गरी व्यवस्थापन गर्ने तथा बेपत्ताको खोजी कार्य अझै जारी छ ।

मदन पुरस्कार वीणा जोशीको ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’लाई, जगदम्बा-श्री किरण खरेललाई

हाम्रो पार्टी रास्वपापछिको बलियो राजनीतिक विकल्पका रूपमा हेरिँदै छ : ध्रुवराज राई

बाढीपीडितलाई पूर्व प्रधानन्यायाधीश श्रेष्ठद्वारा राहत वितरण : जलवायु न्यायका लागि विश्वसँग आवाज उठाउनुपर्नेमा जोड

१३ सय ४१ शव भेटिँदा ९८ जनाको मात्रै सनाखत

हिमपहिरो खसेर बनेको तालको पानी रित्तियो, अर्को विपद्को जोखिम टर्‍यो (तस्बिरहरू)

हिजबुल्लाहको ड्रोन आक्रमणपछि दक्षिणी लेबनानमा इजरायलको जवाफी कारबाही

हिजबुल्लाहले आफ्ना सैनिकहरूलाई लक्षित गरी ड्रोन प्रहार गरेपछि इजरायली सेनाले आइतबार दक्षिणी लेबनानमा आक्रमण सुरु गरेको जनाएको छ र ’अरब सलिम’ सहरका बासिन्दाहरूलाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।

“हिजबुल्लाह नामक आतङ्कवादी सङ्गठनका आतङ्कवादीहरूले दक्षिणी लेबनानको ‘सुरक्षा क्षेत्र’ मा तैनाथ इजरायली रक्षा बलका सैनिकहरूतर्फ दुईवटा ड्रोन प्रहार गरे”, सेनाले एक विज्ञप्तिमा भनेको छ ।

साथै, यस घटनामा कुनै पनि इजरायली सैनिक घाइते भएको खबर नआएको पनि सेनाले जनाएको छ । अर्को एक सन्देशमा, इजरायली सेनाले आसन्न आक्रमणअघि नै अरब सलिमका बासिन्दाहरूलाई उक्त क्षेत्र छोड्न चेतावनी दिएको छ ।

“तपाईंहरू हिजबुल्लाह आतङ्कवादी सङ्गठनको एउटा अखडा वा संरचना नजिक हुनुहुन्छ, जसका विरुद्ध आईडीएफले कारबाही अघि बढाउँदैछ”, सेनाले टेलिग्राममा अरबी भाषामा लेखेको छ ।

इरानमा इन्धन ट्यांकर विस्फोट, मृत्यु हुनेको संख्या १२ पुग्यो

भारतमा प्रहरीले भ्यानमा बाँधेर एक जनालाई निर्घात कुटेको भिडियो भाइरल, कारण यस्तो

तिब्बत क्षेत्रमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या ४३ पुग्यो, ५१९ जना बेपत्ता

फेरि चर्कियो अमेरिका–इरान तनाव, पानीजहाजमाथि आक्रमण गरेको दुबै पक्षको दाबी

प्रकाशित मिति : २१ भाद्र २०८३, आइतबार  ७ : ५८ बजे

त्रिशूली–१ को सुरुङमा खोजी जारी, दुई शव निकालियो

रसुवा – रसुवास्थित माथिल्लो (अपर) त्रिशूली जलविद्युत् आयोजना–१ को सुरुङमा

कांग्रेस बैठकमा आज १७ जनाले राखे धारणा, भोलि पुनः बस्ने

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि दिउँसो

प्रधानमन्त्री बालेनले असोज ८ गते राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले असोज ८ गते संयुक्त

बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धारसँगै सडक खुलाउन मुख्यमन्त्रीको निर्देशन

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बाजुरा र बैतडी जिल्लाका

इन्जिनियर दम्पतीसहित छोराछोरी बेपत्ता, पर्खाइमा परिवार

बागलुङ– बागलुङ नगरपालिका–९ तित्याङका इन्जिनियर दम्पती राजेश शर्मा र प्रमिला