दाङको खुमखानीमा खानेपानीको समस्या « Khabarhub

दाङको खुमखानीमा खानेपानीको समस्या


९ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपलिका–४ स्थित विकट क्षेत्र खुमखानीमा खानेपानीको समस्या भएको छ । 

त्यहाँ रहेको ‘सोलार सिस्टम’ बिग्रिएपछि खानेपानीको समस्या भएको हो । यसअघि स्थानीय माथिल्लो पँधेराबाट ‘लिफ्टङ’ गरेर खुमखानी लगिएको थियो । तर, पछिल्लो एक महिनादेखि पानी तान्ने उपकरण बिग्रिएपछि खानेपानीको समस्या भएको स्थानीय अमर घर्तीले जानकारी दिए  । 

खानेपानीको मोटर बिग्रिँदा त्यहाँका ३५ घरधुरी प्रभावित छन् । हाल पानी ल्याउन दुई घण्टा हिँड्नुपर्ने अवस्था रहेको उनको भनाइ छ । ‘अहिले खानेपानीको मोटर बिग्रिँदा गाउँमा पानी आएको छैन’, उनले भने, ‘अहिले दुई घण्टा हिँडेर माथिल्लो पँधेराको मुहानमा खानेपानी ल्याउनुपर्ने अवस्था छ ।’

खानेपानीको हाहाकार हुँदा त्यहाँका नागरिक पलायन हुने अवस्था रहेकोसमेत उनको भनाइ छ । “बाह्र वर्षभन्दाअघि खानेपानी नहुँदा धेरै घर बसाइँसराइ गर्नुभएको थियो’, उनले भने, ‘अब पनि पानी नआउने अवस्था भएमा गाउँ नै पलायन हुने अवस्था आउन सक्छ ।’

तुलसीपुर उपमहानगरपालिका, विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरले समस्या समाधानतर्फ ध्यान नदिएको तुलसीपुर–४ निवासी जितबहादुर थापाले बताए  । 

प्रकाशित मिति : ९ बैशाख २०८३, बुधबार  १२ : २९ बजे

प्रधानमन्त्री बालेनले असोज ८ गते राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले असोज ८ गते संयुक्त

बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धारसँगै सडक खुलाउन मुख्यमन्त्रीको निर्देशन

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बाजुरा र बैतडी जिल्लाका

इन्जिनियर दम्पतीसहित छोराछोरी बेपत्ता, पर्खाइमा परिवार

बागलुङ– बागलुङ नगरपालिका–९ तित्याङका इन्जिनियर दम्पती राजेश शर्मा र प्रमिला

भोटेकोशी बाढी : शिक्षण अस्पतालमा २१ घाइतेको उपचार हुँदै

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीमा