सांसदहरूलाई कुटनीतिक राहदानी दिन कानुन परिमार्जन गरिँदै « Khabarhub

सांसदहरूलाई कुटनीतिक राहदानी दिन कानुन परिमार्जन गरिँदै


९ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाठौं– प्रतिनिधिसभा सदस्यहरूलाई कूटनीतिक राहदानी उपलब्ध गराउन विद्यमान कानुन परिमार्जन गर्ने तयारी गरिएको छ । 

बुधबार सिंहदरबारमा सभामुख डोलप्रसाद अर्यालले दलका प्रमुख सचेतकहरूसँग प्रतिनिधिसभा सदस्यहरूलाई कूटनीतिक राहदानी दिने विषयमा वर्तमान कानुनी व्यवस्थाका बारेमा छलफल गरेका हुन् । 

सांसदहरूले कूटनीतिक राहदानीको माग गरे पनि कसरी सहज बनाउने भन्ने बारेमा छलफल भएको राप्रपा प्रमुख सचेतक खुश्बु ओलीले बताइन् । 

ऐन र नियम कानुनभन्दा माथि बाहिर गएर भन्दा पनि विद्यमान कानुनी व्यवस्थालाई नै परिमार्जित गर्ने विषयमा छलफल भएको उनले जानकारी दिइन् । 

राहदानी ऐनमा सरकारी कार्यक्रम वा विशेष काममा जाँदा तोकेका पदाधिकारीले मात्रै कूटनीतिक राहदानी पाउने व्यवस्था छ । 

तर सांसदहरू विशेष कार्यक्रम वा निमन्त्रणामा विदेश जानुपर्ने अवस्थामा अहिलेको नियमावली अनुसार कूटनीतिक राहदानी दिन नमिल्ने देखिएपछि त्यसलाई कसरी सहजीकरण गर्ने भन्नेबारे राय सल्लाह लिने काम भएको उनको भनाइ छ ।  

उनले सभामुख र दलका प्रतिनिधिबीच भएको छलफलका बारेमा आ–आफ्ना दलमा छलफल गर्ने र पुनः सभामुखसँग छलफल गर्ने सहमति भएको धारणा राखिन्  । 

राप्रपा प्रमुख सचेतक ओलीले संसद् सञ्चालन र सांसदहरूको समस्याका बारेमा सभामुखले निकै सकारात्मक भूमिका खेलिरहेको प्रतिक्रिया समेत दिइन् । 

प्रकाशित मिति : ९ बैशाख २०८३, बुधबार  १ : ११ बजे

एनपीएलमा चितवनको विजयी सुरुवात, विराटनगर पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा चितवन राइनोजले विजयी सुरुवात गरेको

भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायमा ७९ अर्बको क्षति : आयोग

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायरप्रतिष्ठानतर्फ ७९ अर्ब

तिहारमा ५२ लाख माला खपत हुने अनुमान, कति होला कारोबार ? 

काठमाडौँ– आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो