गृहमन्त्री गुरुङले राजीनामा दिँदै भने- शेयरसम्बन्धी विवादमा निष्पक्ष छानबिन होस् « Khabarhub

गृहमन्त्री गुरुङले राजीनामा दिँदै भने- शेयरसम्बन्धी विवादमा निष्पक्ष छानबिन होस्


९ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृहमन्त्री सुधन गुरूङले पदबाट राजीनामा दिएका छन्। उनले दीपक भट्टसँग जोडिएको शेयरसम्बन्धी विषयमा उठेका प्रश्न र जनचासोलाई गम्भीर रूपमा लिँदै नैतिक जिम्मेवारीस्वरूप पद त्याग गरेको बताएका छन्।

बुधबार सार्वजनिक वक्तव्य जारी गर्दै उनले १३ गतेदेखि गृह मन्त्रीको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्दै आएको उल्लेख गरे।

पछिल्ला दिनहरूमा आफ्नो शेयरसम्बन्धी विषयमा उठेका प्रश्नलाई ध्यानमा राख्दै निष्पक्ष छानबिनका लागि पदमा रहँदा स्वार्थको द्वन्द्व नदेखियोस् भन्ने उद्देश्यले तत्काल लागू हुने गरी राजीनामा दिएको उनले स्पष्ट पारे।

गुरुङले पदभन्दा ठूलो नैतिकता र जनविश्वास भएको उल्लेख गर्दै देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठेको जेन-जी आन्दोलनले सार्वजनिक जीवन स्वच्छ हुनुपर्ने सन्देश दिएको बताए।

उनले ४६ जनाको बलिदानबाट बनेको सरकारमाथि उठेका प्रश्नको जवाफ नैतिकताबाटै दिनुपर्ने उल्लेख गरेका छन्।

राजीनामासँगै उनले सञ्चारकर्मी, नागरिक र युवालाई सत्य, इमानदारी र आत्मशुद्धिको मार्गमा उभिन आह्वान पनि गरेका छन्।

साथै केही सञ्चारकर्मीहरूको शेयरसम्बन्धी विषयहरू पनि विस्तारै सार्वजनिक हुने संकेत गरेका छन्।

‘मेरो देशका लागि, सुरक्षा निकायको सम्मानका लागि र नेपालका युवाहरूका लागि मैले यो निर्णय लिएको हुँ,’ गुरुङले वक्तव्यमा उल्लेख गरेका छन्।

प्रकाशित मिति : ९ बैशाख २०८३, बुधबार  २ : ४६ बजे

टिपरको ठक्करबाट एक जनाको मृत्यु

पर्सा– टिपरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

परराष्ट्रमन्त्रीसँग दक्षिण कोरियाका विदेशमन्त्रीको भेट, भोटेकोशी बाढीबारे छलफल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच

काठमाडौंमा आयो ८७ हजार ग्यास सिलिन्डर, सार्वजनिक बिदामा ‘रिफिलिङ’ र ढुवानी नियमित गरिने

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि पछिल्ला तीन दिनमा

सरकारको देखाउन गृहमन्त्रीले पनि लिए एआई फोटोको सहारा

काठमाडौं- सरकारको कामको प्रचार गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका नेता-कार्यकर्ता सामाजिक

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं– भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका बाबजुद सम्पूर्ण