गृहमन्त्रीको राजीनामा सकारात्मक, विवादबारे निष्पक्ष छानबिन होस् : भीमार्जुन आचार्य « Khabarhub

गृहमन्त्रीको राजीनामा सकारात्मक, विवादबारे निष्पक्ष छानबिन होस् : भीमार्जुन आचार्य


९ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संविधानविद भीमार्जुन आचार्यले गृहमन्त्रीको राजीनामा आएपछि सरकार सकारात्मक बाटोमा अगाडि बढिरहेको बताएका छन्।

उनले यस अगाडि पनि मन्त्रीहरूको विषयमा विवाद उत्पन्न हुँदा राजीनामा दिने प्रचलन रहेको बताउँदै वर्तमान सरकारका मन्त्रीहरूले पनि त्यो अभ्यासलाई निरन्तरता दिनु सकारात्मक रहेको बताए।

‘विवाद उत्पन्न भएपछि छानबिनमा सहयोग होस् भनेर गृहमन्त्रीज्यूले राजीनामा दिनु सकारात्मक छ। यस अगाडि यस्ता अभ्यास हुने गरेका थिए केहीले गरेनन् होला तर धेरैले गर्ने गरेका थिए’, आचार्यले खबरहबलाई भने, ‘उहाँले मार्ग प्रशस्त गर्नुपर्ने अवस्था थियो गरिदिनुभएको छ। उहाँमाथि उत्पन्न भएका विवादहरूको निष्पक्ष छानबिन हुनुपर्दछ।’

आचार्यले सरकार परिणाममुखी काम गर्न उन्मुख भएको भन्दै अहिले नै अरु विषयमा आलोचना गर्न हतारो हुने बताउँछन्।

सरकार गठन भएको २६ दिनमै दुई व्यक्तिको मन्त्रिपद खुस्किसकेको छ।

श्रीमतीलाई जागिर दिलाएका आरोपमा यस अगाडि पार्टीको सिफारिस पत्रको आधारमा दीपक शाहलाई प्रधानमन्त्री बालेन्द्रले मन्त्री पदबाट निष्कासन गरिसकेका छन् । बुधबार गृहमन्त्री गुरूङले राजीनामा दिएसँगै दुई मन्त्री चाँडै बिदा भएका छन् ।

प्रकाशित मिति : ९ बैशाख २०८३, बुधबार  ३ : ०५ बजे

हिजबुल्लाहको ड्रोन आक्रमणपछि दक्षिणी लेबनानमा इजरायलको जवाफी कारबाही

बेरुत- हिजबुल्लाहले आफ्ना सैनिकहरूलाई लक्षित गरी ड्रोन प्रहार गरेपछि इजरायली

विदेशबाट बाढी पीडितलाई सहयोग दिनेका लागि छुट्टै खाता चलाउन निर्देशन

काठमाडौं- सरकारले विदेशस्थित नेपाली नियोगहरूलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा

१३ सय ४१ शव भेटिँदा ९८ जनाको मात्रै सनाखत

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा बाढी गएको १२ दिन बितिसक्दा समेत

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा– भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त भएपछि मित्रराष्ट्र

‘महाधिवेशन नरोकिए कांग्रेसलाई विभाजित हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर- नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल