होर्मुजमा गोलीकाण्डपछि वार्ता संकटमा « Khabarhub

होर्मुजमा गोलीकाण्डपछि वार्ता संकटमा


९ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इरानले स्ट्रेट अफ होर्मुजमा एक कन्टेनर जहाजमाथि गोली प्रहार गरेपछि मध्यपूर्वमा जारी कूटनीतिक प्रयासहरू झनै जटिल बनेका छन् । यो घटना युद्धविराम विस्तार र पाकिस्तानमा हुने भनिएको अमेरिका–इरान वार्तालाई पुनः सुरु गर्ने प्रयासकै बीच भएको हो, जसले तनावलाई नयाँ मोडमा पुर्‍याएको छ ।

इरानको अर्धसैनिक रिभोलुसनरी गार्डले बुधबार बिहान गरेको उक्त आक्रमणमा जहाजलाई क्षति पुगेको बताइएको छ । यो कदम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविरामलाई अनिश्चितकालका लागि विस्तार गर्ने घोषणा गरेको केही समयपछि आएको हो । ट्रम्पले तेहरानलाई वार्ताका लागि ‘एकीकृत प्रस्ताव’ तयार गर्न समय दिन यस्तो निर्णय गरिएको बताएका थिए जसअनुसार युद्धविराम बुधबार समाप्त हुने तयारीमा थियो ।

तर इरानले उक्त विस्तारलाई औपचारिक रूपमा स्वीकार गरेको छैन । पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले वार्ता प्रक्रिया सहज बनाउन युद्धविराम विस्तारको स्वागत गर्दै कूटनीतिक प्रयासलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् । उनले पाकिस्तानलाई दिइएको विश्वासप्रति आभार व्यक्त गर्दै द्वन्द्व समाधानका लागि वार्तामार्फत प्रयास जारी रहने बताए ।

अमेरिकी पक्षले इरानी बन्दरगाहहरूमा नाकाबन्दी कायम राख्ने घोषणा गरेपछि इरानले त्यसलाई ‘अस्वीकार्य’ भनेको छ । यही कारणले इस्लामाबादमा प्रस्तावित वार्तामा अझै इरानको औपचारिक सहभागिता अनिश्चित रहेको बताइएको छ ।

घटनापछि रिभोलुसनरी गार्डले यस क्षेत्रमा रहेका शत्रुका सम्पत्तिमाथि अझ कठोर प्रतिक्रिया दिने चेतावनी दिएको छ । उनीहरूले ‘शत्रुको अनुमानभन्दा बाहिरको कडा जवाफ’ दिने घोषणा गरेका छन् ।

इरानले भने जहाजमाथि गोली चलाउनु अघि चेतावनी दिइएको र त्यसलाई बेवास्ता गरिएको दाबी गरेको छ । नूर न्युजका अनुसार इरानी सशस्त्र बलले चेतावनी दिएपछि मात्र कारबाही गरिएको हो । फार्स समाचार एजेन्सीले यसलाई होर्मुज क्षेत्रमा कानूनी नियन्त्रण लागू गरिएको कदमका रूपमा वर्णन गरेको छ ।

तर बेलायतस्थित युनाइटेड किङडम मेरिटाइम ट्रेड अपरेसन सेन्टरले भने गार्डका गनबोटले कुनै प्रत्यक्ष चेतावनी बिना गोली चलाएको जनाएको छ । उक्त आक्रमणमा कुनै मानवीय क्षति नभएको पनि पुष्टि गरिएको छ ।

विश्वको करिब २० प्रतिशत तेल र ग्यास यही रणनीतिक जलमार्ग हुँदै जाने भएकाले होर्मुजको अवस्था विश्व ऊर्जा बजारका लागि अत्यन्त संवेदनशील मानिन्छ । हाल इरानसँगको तनावका कारण ढुवानीमा अवरोध आएको र यसले तेल मूल्यमा तीव्र वृद्धि ल्याएको छ । ब्रेन्ट कच्चा तेलको मूल्य युद्ध सुरु भएयता करिब ३० प्रतिशतभन्दा बढी बढेर ब्यारेलको करिब ९८ डलर नजिक पुगेको छ ।

यसैबीच, पाकिस्तानले दुवै पक्षलाई वार्तामा ल्याउन कूटनीतिक प्रयास तीव्र बनाएको छ । पहिलो चरणको वार्ता अप्रिल ११ र १२ मा कुनै निष्कर्षविना सकिएको थियो । दोस्रो चरणका लागि अझै औपचारिक सहमति नभए पनि पाकिस्तानले इरानले प्रतिनिधिमण्डल पठाउने अपेक्षा गरेको छ ।

अघिल्लो वार्तामा इरानको आणविक कार्यक्रम, क्षेत्रीय प्रभाव र होर्मुज जलमार्गका विषय प्रमुख विवादका विन्दु बनेका थिए । हाल इरानले अमेरिकाबाट नयाँ प्रस्ताव प्राप्त भएको स्वीकार गरे पनि दुवै पक्षबीच अझै ठूलो दूरी कायम रहेको संकेत दिएको छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले युद्धविराम विस्तारलाई सकारात्मक संकेतका रूपमा लिँदै कूटनीति र विश्वास निर्माणका लागि अवसर सिर्जना हुने आशा व्यक्त गरेका छन् ।

यता, युद्ध सुरु भएयता विभिन्न क्षेत्रमा ठूलो मानवीय क्षति भएको तथ्यांक सार्वजनिक गरिएको छ । इरानमा करिब तीन हजार ३७५ जनाको मृत्यु भएको बताइएको छ भने लेबनानमा दुई हजार २९० भन्दा बढी, इजरायलमा २३ र खाडी अरब राज्यहरूमा एक दर्जनभन्दा बढीको ज्यान गएको छ । साथै लेबनानमा १५ जना इजरायली सैनिक र १३ जना अमेरिकी सैनिक पनि मारिएका छन् ।

प्रकाशित मिति : ९ बैशाख २०८३, बुधबार  ३ : ३७ बजे

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण

प्रधानमन्त्रीले सुरक्षाकर्मीको प्रशंसा गर्दै भने : सुविधामा सरकारले सम्झौता गर्ने छैन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि उद्धार तथा खोजी

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

त्रिशूली–१ को सुरुङमा खोजी जारी, दुई शव निकालियो

रसुवा – रसुवास्थित माथिल्लो (अपर) त्रिशूली जलविद्युत् आयोजना–१ को सुरुङमा

कांग्रेस बैठकमा आज १७ जनाले राखे धारणा, भोलि पुनः बस्ने

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि दिउँसो