प्रदेश सरकार सञ्चार क्षेत्रको समग्र विकासको पक्षमा छ : मुख्यमन्त्री शाह « Khabarhub

प्रदेश सरकार सञ्चार क्षेत्रको समग्र विकासको पक्षमा छ : मुख्यमन्त्री शाह


९ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

अत्तरिया– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकार सञ्चार क्षेत्रको समग्र विकासका पक्षमा रहेको बताएका छन् । 

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने सङ्घीय सरकारको परिपत्रको विरोधमा नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिले घोषणा गरेको दबाबमूलक अभियानअन्तर्गत महासङ्घको सुदूरपश्चिम प्रदेश समितिले आज धनगढीमा आयोजना गरेको छलफल कार्यक्रममा मुख्यमन्त्री शाहले सरकारले पत्रकारिता क्षेत्रलाई सहयोग पुग्ने वातावरण बनाउनुपर्ने उल्लेख गर्दै प्रदेश सरकार त्यसमा प्रतिबद्ध रहेको बताए ।

मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशसभामा आमसञ्चार विधेयक टेबुल भएको जानकारी दिँदै त्यसलाई सम्पूर्ण मिडिया क्षेत्रले अपनत्व गर्नेगरी तथा समग्र सञ्चार क्षेत्रको विकासमा टेवा पुग्ने गरी छलफल गरेर पास गरिने बताए । 

उनले सङ्घीय सरकारको परिपत्रले विशेषगरी निजी क्षेत्रका मिडिया समस्या परेका उल्लेख गर्दै यसमा सरकारले निश्चित मापदण्ड बनाउनुपर्ने सुझाव दिए ।

निजी तथा सरकारी सञ्चारमाध्यमलाई निश्चित मापदण्ड बनाएर अगाडि बढाउन मुख्यमन्त्री शाहले सङ्घी सरकारलाई आग्रहसमेत गरे । सूचना सम्प्रेषण सँगसँगै सञ्चार क्षेत्रमा लागेकाको जीविकोपार्जनको वातावरण सरकारले बनाउनुपर्ने उनको भनाइ थियो ।

छलफलमा महासङ्घका प्रदेश अध्यक्ष भरतबहादुर शाहले मिडिया क्षेत्रको समग्र अवस्थाका बारेमा मुख्यमन्त्री शाहलाई जानकारी गराएका थिए । उनले निजी क्षेत्रका मिडिया धाराशायी बन्दै गएकाले त्यसतर्फ प्रदेश सरकारको ध्यान जानुपर्ने बताए ।
 

प्रकाशित मिति : ९ बैशाख २०८३, बुधबार  ४ : ०६ बजे

धर्म प्रचार गरेको आरोपमा पाँच अमेरिकीसहित १० विदेशी पक्राउ

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई