सुधन हिँडेपछि गृहमन्त्रीमा दीपक बोहरा, राजुनाथ र विश्वराजको चर्चा « Khabarhub

सुधन हिँडेपछि गृहमन्त्रीमा दीपक बोहरा, राजुनाथ र विश्वराजको चर्चा



काठमाडौं- गृहमन्त्री पदबाट सुधन गुरुङले राजीनामा दिएसँगै प्रधानमन्त्री वालेन्द्र शाहले अब कसलाई ल्याउलान् भन्ने चर्चा सुरू भएको छ।

अहिलेलाई आफूसँगै गृहमन्त्रालय राखेका बालेनले आफूनिकट सांसदलाई गृहमन्त्री बनाउँछन् या सभापति रवि लामिछानेनिकटलाई जिम्मेवारी दिन्छन् भन्ने टुंगो भइसकेको छैन ।

यसअघि बालेनले रोजेर गृहमन्त्रीमा ल्याएका सुधनको विवादित व्यवसायी दीपक भट्टसँग सेयर कारोबारमा लगानी र अन्य विवाद पनि आएपछि पदबाट राजीनामा दिएका हुन्।

बालेन र रविलाई मिलाउन महत्वपूर्ण भूमिका खेलेका गुरुङले पदबाट राजीनामा दिएपछि अबको गृहमन्त्रीमा तीन-चारजना नयाँ अनुहारको चर्चा सुरू भएको छ।

बालेन पक्षबाट काठमाडौँ महानगरको प्रहरी प्रमुखबाट राजीनामा दिएर चुनाव जितेका राजुनाथ पाण्डेको नाम अगाडि आएको छ। यस्तै पूर्वएआईजीपी विश्वराज पोखरेल र रवि पक्षबाट नेता दीपक बोहराको नाम अगाडि छ।

दीपकभन्दा पोखरेल र पाण्डेलाई बालेनले गृहमन्त्री बनाउन चाहेको धेरैले अड्कल काटेका छन्। तर उनको सचिवालय यसबारे आफूहरूलाई कुनै जानकारी नभएको जनाएको छ। यसबारेमा छलफल हुन बाँकी रहेको उनीहरू बताउँछन् ।

नेपाल प्रहरीका पूर्वएआईजीपी हुन् विश्वराज हकी स्वभावकाा मानिन्छन् । ओखलढुङ्गाबाट निर्वाचित उनी पार्टीमा सभापति लामिछाने र वरिष्ठ नेता बालेन्द्र दुवैका विश्वासिला मानिन्छन् ।

उता बालेन्द्र काठमाडौं महानगरपालिकाको मेयर हुँदा प्रहरी प्रमुख बनेका पाण्डे विश्वासिला पात्र हुन् । काठमाडौं ३ बाट चर्चित नेता कुलमान घिसिङलाई हराएका पाण्डेलाई बालेनले गृहमन्त्री बनाए अनौठो हुने छैन ।

यता बोहरा सभापति रविका विश्वासिला पात्र हुन्। टेलिभिजन पत्रकारिताबाटै रविसँग निकट उनी उनका दुःख सुखका सारथि पनि छन्। दीपकले कञ्चनपुरबाट निर्वाचन जिते । यस अगाडि पनि रविले दीपकलाई मन्त्रीमण्डलमा समावेश गर्न खोजेका थिए । तर बालेन्द्रले नमानेपछि रोकिए ।

यसअगाडि गृहमन्त्री बनाउँदा रविले आफ्ना निकट सहयोगी डिपी अर्याललाई रोजेका थिए । तर वरिष्ठ नेता बालेनले आफू र सभापति रविलाई मिलाउन महत्वपूर्ण भूमिका खेल्ने गुरुङलाई गृहमन्त्रालयमा अगाडि सारे । त्यसपछाडि डिपीलाई सभामुखको जिम्मेवारी दिइएको छ।

अहिले रास्वपाले गृहमन्त्री छान्ने विषय हतारोमा निर्णय नगर्ने जनाएको छ। तर प्रधानमन्त्रीले भने परिणाममुखी काम गर्न गृहमन्त्री अपरिहार्य भएकोले उपयुक्त व्यक्तिलाई जिम्मेवारी दिने तयारी गर्दैछन्।

बुधबार र बिहीबार नै गृहमन्त्री टुङ्ग्याउने अवस्थामा सभापति र वरिष्ठ नेता देखिएका छैनन् । तर तीन दिनभित्र गृहमन्त्रालय सम्हाल्न मन्त्री आइसक्ने बालुवाटार स्रोतको भनाइ छ।

यसैबीच बालेन्द्र क्याबिनेटबाट २६ दिनमा दुई मन्त्रीहरू आउट भइसकेका छन् । यसअगाडि श्रीमतीलाई जागिर दिएको आरोपमा मन्त्री दीपक साहलाई पार्टी अनुशासन आयोगको पत्रका आधारमा बालेन्द्रले हटाइसकेका छन्। बुधबार गृहमन्त्रीले राजीनामा दिएसँगै २६ दिनमा सरकारबाट दुईजना मन्त्रीहरू बाहिरिएका हुन्।

रवि र बालेनले टुङ्ग्याउने

नयाँ गृहमन्त्रीको निधो प्रधानमन्त्री बालेन्द्र र सभापति रविले टुङ्गो लगाउने छन्। पार्टी नेताहरू गृहमन्त्री छान्ने जिम्मा सभापति र प्रधानमन्त्रीलाई दिएको बताउँछन्। यस्तोमा बालेनले राजुनाथललाई अगाडि सार्ने अवस्था रहेको स्रोतको दाबी छ।

यस्तै विश्वराजलाई पनि बालेन र रवि दुवैले रुचाएका छन्। रवि पक्षबाट बोहराको नाम अगाडि आउँदा दुई शीर्ष नेताबीच केही विवाद हुने अवस्था छ ।

बालेनले पाण्डेलाई अगाडि सार्दा रविले आफ्ना विश्वास पात्र बोहरालाई अगाडि सार्ने निश्चित छ । तर दुईजनाको मिलनबिन्दु विश्वराज हुनसक्ने पनि स्रोतको दाबी छ।

‘पार्टीमा अहिले गृहमन्त्रीका लागि तीन जनाको चर्चा छ। विश्वराज, राजुनाथ र दीपक । तीनमध्ये एकजना गृहमन्त्री हुनसक्ने सम्भावना छ’, स्रोत भन्छ, ‘प्रधानमन्त्रीले राजुनाथालाई अगाडि सार्ने कुरामा द्विविधा छैन। उहाँलाई प्रधानमन्त्रीले अगाडि सारे सभापतिज्यूले पनि समर्थन जनाउनुपर्ने हुन । यसअघघि पनि प्रधानमन्त्रीकै चहानामा सुधन गृहमन्त्री भएका थिए ।’

प्रकाशित मिति : ९ बैशाख २०८३, बुधबार  ४ : ११ बजे

मन्त्रालयबाट यसरी बिदा भए सुधन गुरुङ (तस्बिरहरू)

काठमाडौं– गृहमन्त्री पदबाट राजीनामा दिएसँगै सुधन गुरुङ गृह मन्त्रालयबाट बाहिरिएका

७ सय मिटर चक्रपथ विस्तार गर्न डेढ वर्ष, पाशुपत र चारुमती विहारक्षेत्रमा युनेस्को बाधक 

सडक डिभिजन कार्यालय काठमाडौँले २०८१ असोजमा चक्रपथको बसुन्धरादेखि तीनकुनेसम्मको निर्माण

दीपक र सुलभमाथि थप ७ दिन म्याद थपियो, सम्पत्ति शुद्धिकरण मुद्दामा थप अनुसन्धान हुने

काठमाडौं- काठमाडौं जिल्ला अदालत ले सम्पत्ति शुद्धिकरण मुद्दामा दीपक भट्टसहितका

साताको २ दिन विदा : शैलुङ-कालिञ्चोक घुम्ने पर्यटक बढे

दोलखा– दोलखाको मुख्य पर्यटकीय क्षेत्र शैलुङ र कालिञ्चोकमा पछिल्लो दिनहरूमा

रविलाई झस्काउने शब्द प्रयोग गर्दै सिंहदरबारबाट बाहिरिए सुधन गुरूङ

काठमाडौं- सुधन गुरुङले गृहमन्त्रीबाट राजीनामा दिँदा सभापति रवि लामिछानेलाई नै