कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने जिम्मा हाम्रो काँधमा : प्रचण्ड « Khabarhub

कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने जिम्मा हाम्रो काँधमा : प्रचण्ड


९ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले नेपालको कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने जिम्मा आफूहरूको काँधमा आएको बताएका छन् ।  

कम्युनिष्ट पार्टीको ७७ औं स्थापना दिवस तथा १५६ औं लेनिन जयन्तीको अवसरमा बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले मुलुकमा कम्युनिष्ट आन्दोलन निकै कमजोर भएको भन्दै फेरि पनि यसलाई पुनर्गठन गर्ने जिम्मा आफूहरूको काँधमा आएको बताएका हुन् । 

उनले निर्वाचनको परिणामले दिएको धक्का पार्टीभित्र जम्मा भएको फोहोरमैला सफा गर्ने अवसर भएको धारणा राखे  । उनले कम्युनिष्ट पार्टीले बेहोर्नुपरेको धक्का क्षणिक मात्रै भएकाले कमीकमजोरीको वस्तुवादी मूल्याङ्कन गर्नुपर्ने उल्लेख गरे ।

नेकपालाई जनताले घृणा गरेको नभई सच्चिएर आउने मौका दिएकाले त्यसलाई पार्टीले अवसरका रुपमा लिने बताए। संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर सबै राजनीतिक शक्तिहरूलाई एक ठाउँमा ल्याएर फेरि एकचोटि राष्ट्रको अगाडि देखा परेको स्वाधीनताको समस्या, भौगोलिक अखण्डताका समस्या लगायतका समस्याको सामना गरिने प्रचण्डले बताए । 

पार्टीलाई पुनर्गठित र पुनर्संरचनासहित रूपान्तरण गरिने धारणा राख्दै प्रचण्डले सच्चिन नचाहनेहरूलाई पार्टी छाड्न समेत भनिसकेको उल्लेख गरे । त्यस्तै उनले वर्तमान सरकारका राम्रा कामलाई समर्थन हुने प्रतिबद्धता जनाए पनि प्रारम्भिक लक्षण राम्रो नदेखिएको टिप्पणी गरे । 

प्रकाशित मिति : ९ बैशाख २०८३, बुधबार  ४ : ३६ बजे

सहकारी बैंकको सञ्चालक : छ प्रदेशमा निर्विरोध, बागमतीमा निर्वाचन हुने

काठमाडौं– राष्ट्रिय सहकारी बैंक लिमिटेडको सञ्चालक समिति र लेखा सुपरीवेक्षण

मदनको स्मृति दिवसकै दिन विद्यालाई शंकर र विष्णुको ढाडस

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्कने भगीरथ प्रयत्नमा छिन्

युवा स्वरोजगार कोषको ६७ करोड कर्जा असुल भएन

काठमाडौं– युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट लगानी गरिएकामध्ये भाखा

चीनले अन्तरिक्ष यात्राका लागि नयाँ अभियान सुरु गर्दै

एजेन्सी– चीनले नयाँ मानवसहित अन्तरिक्ष अभियानका लागि अन्तरिक्षयान प्रक्षेपणको तयारी

विशेष महाधिवेशनबाट छुटेका नेताहरूलाई सँगै लिएर काम गर्न चाहन्छु : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशनबाट छुटेका