बादलले भने- कम्युनिष्ट आन्दोलन अगाडी बढाउन केन्द्रमुखी र सत्ताकेन्द्रित मानसिकता बदल्नुपर्छ « Khabarhub

बादलले भने- कम्युनिष्ट आन्दोलन अगाडी बढाउन केन्द्रमुखी र सत्ताकेन्द्रित मानसिकता बदल्नुपर्छ


९ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका नेताहरूले नयाँ ढङ्गले नेपालको कम्युनिष्ट आन्दोलन अगाडी बढाउन केन्द्रमुखी र सत्ताकेन्द्रित मानसिकतालाई बदल्नुपर्ने धारणा राखेका छन् ।  

कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवसरमा बुधबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा नेताहरूले पार्टीलाई नयाँ जीवन प्रदान गर्न र नयाँ ढङ्गले नेपालको कम्युनिष्ट आन्दोलन अगाडि बढाउन सत्ताकेन्द्रित र केन्द्रमुखी मानसिकतालाई बदल्नै पर्ने धारणा राखेका हुन् ।

कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष राम बहादुर थापा बादलले आत्मसमीक्षा, रुपान्तरण र एकताबद्ध हुने नयाँ अभियानका लागि सबैले संकल्प गर्नुपर्ने बताए ।

उनले अहिले नेपालमा समाजवादी आन्दोलनले गम्भीर धक्का खाएको अवस्थामा समाजवादको विजयको निम्ति आन्तरिक रूपमा दक्षिणपन्थी प्रवृत्तिलाई परास्त गर्न जरुरी रहेको उल्लेख गरे ।  ‍

आन्तरिक रूपमा र बाह्य रूपमा दक्षिणपन्थी प्रवृत्तिलाई परास्त गर्न नसकेका कारण अराजकतावादले आफूहरूलाई परास्त गरेको उनले बताए । 

प्रकाशित मिति : ९ बैशाख २०८३, बुधबार  ६ : १४ बजे

एनपीएलमा चितवनको विजयी सुरुवात, विराटनगर पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा चितवन राइनोजले विजयी सुरुवात गरेको

भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायमा ७९ अर्बको क्षति : आयोग

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायरप्रतिष्ठानतर्फ ७९ अर्ब

तिहारमा ५२ लाख माला खपत हुने अनुमान, कति होला कारोबार ? 

काठमाडौँ– आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो