लुम्बिनी प्रदेशसभाबाट जीवनाशक विषादी व्यवस्थापन विधेयक पारित « Khabarhub

लुम्बिनी प्रदेशसभाबाट जीवनाशक विषादी व्यवस्थापन विधेयक पारित


९ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– लुम्बिनी प्रदेशसभाले जीवनाशक विषादीको व्यवस्थापन तथा नियमनका लागि कानुनी आधार तयार गरेको छ। आज बसेको प्रदेशसभाको बैठकले ‘प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमन सम्बन्धी विधेयक’ सर्वसम्मत रूपमा पारित गरेको हो।

प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत १५औँ बैठकमा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले विधेयकमाथि छलफल गरियोस् भनी प्रस्ताव पेस गरेका थिए। सभामुख तुलाराम घर्तीमगरले उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दै विधेयक सर्वसम्मत रूपमा पारित भएको घोषणा गरे।

बैठकमा मन्त्री पन्थीसहित आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिएका थिए। त्यस्तै, प्रदेश मामिला तथा कानुन समितिका सभापति दिलकुमारी बुढाले जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालनसम्बन्धी ऐन, २०७५ संशोधन विधेयकमाथिको प्रतिवेदन प्रस्तुत गरे। सार्वजनिक लेखा समितिका सभापति माया पुनले समितिको वार्षिक प्रतिवेदन सभामा पेस गरे।

बैठकका क्रममा प्रदेशसभा सदस्यहरूले विभिन्न समसामयिक विषय उठाएका छन्। भोजप्रसाद श्रेष्ठले महँगीका कारण जनजीवन प्रभावित भएको बताएभने यमबहादुर सार्कीले दलित समुदायको अधिकार सुनिश्चित गर्ने विधेयकलाई ऐतिहासिक उपलब्धि भएको उल्लेख गरे। सुशीला वादीले विधेयक प्रमाणीकरणपछि प्रभावकारी कार्यान्वयनमा जोड दिन सरकारसँग आग्रह गरे।

यसैगरी, खड्ग बस्नेतले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने बताए भने दुर्गाप्रसाद चौधरीले बजेट तर्जुमा र कार्यान्वयनमा समस्या रहेको औँल्याए। अर्जुनकुमार केसीले सीमा क्षेत्रमा राजस्व कडाइ गर्ने सङ्घीय नीति अव्यावहारिक भएको टिप्पणी गरे।

मिनाकुमारी श्रेष्ठले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गरे भने यमुना रोका तामाङले अदूरदर्शी नीतिका कारण जनजीवन प्रभावित भएको बताए। जमुना ढकालले किशोरीहरूको सुरक्षा चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्दै राज्यले प्रभावकारी सुरक्षा व्यवस्था गर्नुपर्ने माग गरे।

प्रकाशित मिति : ९ बैशाख २०८३, बुधबार  ६ : ०७ बजे

प्रधानमन्त्री बालेनले असोज ८ गते राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले असोज ८ गते संयुक्त

बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धारसँगै सडक खुलाउन मुख्यमन्त्रीको निर्देशन

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बाजुरा र बैतडी जिल्लाका

इन्जिनियर दम्पतीसहित छोराछोरी बेपत्ता, पर्खाइमा परिवार

बागलुङ– बागलुङ नगरपालिका–९ तित्याङका इन्जिनियर दम्पती राजेश शर्मा र प्रमिला

भोटेकोशी बाढी : शिक्षण अस्पतालमा २१ घाइतेको उपचार हुँदै

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीमा