एमालेलाई अब मुख्य राजनीतिक शक्तिका रूपमा स्थापित गर्छौँ : उपाध्यक्ष पौडेल « Khabarhub

एमालेलाई अब मुख्य राजनीतिक शक्तिका रूपमा स्थापित गर्छौँ : उपाध्यक्ष पौडेल


९ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले नेपालको कम्युनिष्ट आन्दोलनलाई नयाँ ढङ्गले पुनर्गठित गर्दै राष्ट्रिय राजनीतिको मुख्य शक्तिका रूपमा एमालेलाई स्थापित गर्ने बताएका छन् ।

कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपालको कम्युनिष्ट आन्दोलनले आफ्नो इतिहासमै सबैभन्दा ठूलो धक्का हालैको निर्वाचनबाट बेहोर्नुपरेको उल्लेख गर्दै अब संगठन सुदृढीकरण र पुनर्गठन आवश्यक रहेको बताए ।

पार्टीभित्रका कुनै पनि प्रयासले आन्तरिक एकतालाई कमजोर बनाउन नसक्ने उनको भनाइ थियो।

त्यस्तै, एमालेका महासचिव शंकर पोखरेलले पार्टीलाई नयाँ जीवन दिन जनताको विश्वास जित्नु अनिवार्य रहेको बताए। एमाले नेतृत्वको सरकारले गरेका सकारात्मक कामहरू जनतासम्म प्रभावकारी रूपमा पुर्‍याउन नसक्दा चुनावी पराजय भोग्नुपरेको उनको भनाइ छ।

उनले अब सत्तामुखी होइन, जनतामुखी भएर समाज परिवर्तनको नेतृत्व गर्ने दाबी समेत गरे।

प्रकाशित मिति : ९ बैशाख २०८३, बुधबार  ६ : १७ बजे

हिजबुल्लाहको ड्रोन आक्रमणपछि दक्षिणी लेबनानमा इजरायलको जवाफी कारबाही

बेरुत- हिजबुल्लाहले आफ्ना सैनिकहरूलाई लक्षित गरी ड्रोन प्रहार गरेपछि इजरायली

विदेशबाट बाढी पीडितलाई सहयोग दिनेका लागि छुट्टै खाता चलाउन निर्देशन

काठमाडौं- सरकारले विदेशस्थित नेपाली नियोगहरूलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा

१३ सय ४१ शव भेटिँदा ९८ जनाको मात्रै सनाखत

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा बाढी गएको १२ दिन बितिसक्दा समेत

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा– भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त भएपछि मित्रराष्ट्र

‘महाधिवेशन नरोकिए कांग्रेसलाई विभाजित हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर- नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल