चम्किँदै इशान पाण्डे, अमेरिकाविरूद्ध पनि बनाए अर्धशतक « Khabarhub

चम्किँदै इशान पाण्डे, अमेरिकाविरूद्ध पनि बनाए अर्धशतक


८ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली टोलीका नयाँ शीर्ष क्रमका ब्याट्सम्यान इशान पाण्डे लगातार चम्किएका छन् । जेठ ४ मा भएको स्कटल्यान्डविरुद्धको खेलमा पनि अर्धशतक बनाएका उनले अमेरिकाविरूद्ध पनि शुक्रबार त्यस्तै प्रदर्शन गरेका छन् ।

काठमामडौंको कीर्तिपुरमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय त्रिदेशीय क्रिकेटमा उनले लगातार दोस्रो अर्धशतक बनाएका हुन् ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अमेरिकाविरुद्ध आईसीसी विश्वकप लिग–२ अन्तर्गत अर्धशतक पूरा गर्दै ८१ बलमा ८२ रन बनाइसकेका छन् ।

यसअघि इशानले ६१ बलको सामना गर्दै एक छक्का र तीन चौकासहित ५० रन पूरा गरेका थिए । नेपाली राष्ट्रिय टोलीमा नयाँ ब्याटर उनले अन्तर्राष्ट्रिय करिअरतर्फ सुरूवातमै आफूलाई अब्बल सावित गरेका छन् ।

होम ग्राउन्डमा भइरहेको लिग–२ शृंखलाबाट उनले वान्डेमा ‘डेब्यू’ गरेसँगै चम्किन थालेका हुन् । उनले नेपालका लागि तेस्रो खेल खेल्दैछन् ।

ताजा अवस्थामा नेपाल ४० ओभर खेल्दै ३ विकेको क्षतिमा २१२ रनको अवस्थामा पुगेको छ। नेपालले टस हार्दै ब्याटिङको निम्तो पाएको हो । अहिले ८३ रन बनाएका इशानलाई दीपेन्द्रसिंह भरीले साथ दिइरहेका छन् ।

प्रकाशित मिति : ८ जेठ २०८३, शुक्रबार  १२ : ५३ बजे

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ

काठमाडौं– नेपाल मेडिकल काउन्सिल (एनएमसी)को रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

तोलामा ३ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी

मधेसका आठ जिल्ला शाखालाई सञ्चार सामग्री हस्तान्तरण

जनकपुरधाम– मधेस प्रदेश सरकारले प्रदेशका आठवटै जिल्लाका नेपाल पत्रकार महासङ्घ

सम्बन्धविच्छेदको चर्चाबीच गोविन्दा-सुनिताको सम्बन्धमा नयाँ ट्विस्ट, आखिर के भयो ?

बलिउडमा कलाकारको फिल्मी करियरसँगै उनीहरूको निजी जीवन सधैँ चर्चाको विषय

राष्ट्र बैंकद्वारा ८५ अर्ब रुपैयाँको निक्षेप संकलन गर्दै

काठमाडौं– नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले वित्तीय बजारबाट ८५