चम्किँदै इशान पाण्डे, अमेरिकाविरूद्ध पनि बनाए अर्धशतक « Khabarhub

चम्किँदै इशान पाण्डे, अमेरिकाविरूद्ध पनि बनाए अर्धशतक


८ जेष्ठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली टोलीका नयाँ शीर्ष क्रमका ब्याट्सम्यान इशान पाण्डे लगातार चम्किएका छन् । जेठ ४ मा भएको स्कटल्यान्डविरुद्धको खेलमा पनि अर्धशतक बनाएका उनले अमेरिकाविरूद्ध पनि शुक्रबार त्यस्तै प्रदर्शन गरेका छन् ।

काठमामडौंको कीर्तिपुरमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय त्रिदेशीय क्रिकेटमा उनले लगातार दोस्रो अर्धशतक बनाएका हुन् ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अमेरिकाविरुद्ध आईसीसी विश्वकप लिग–२ अन्तर्गत अर्धशतक पूरा गर्दै ८१ बलमा ८२ रन बनाइसकेका छन् ।

यसअघि इशानले ६१ बलको सामना गर्दै एक छक्का र तीन चौकासहित ५० रन पूरा गरेका थिए । नेपाली राष्ट्रिय टोलीमा नयाँ ब्याटर उनले अन्तर्राष्ट्रिय करिअरतर्फ सुरूवातमै आफूलाई अब्बल सावित गरेका छन् ।

होम ग्राउन्डमा भइरहेको लिग–२ शृंखलाबाट उनले वान्डेमा ‘डेब्यू’ गरेसँगै चम्किन थालेका हुन् । उनले नेपालका लागि तेस्रो खेल खेल्दैछन् ।

ताजा अवस्थामा नेपाल ४० ओभर खेल्दै ३ विकेको क्षतिमा २१२ रनको अवस्थामा पुगेको छ। नेपालले टस हार्दै ब्याटिङको निम्तो पाएको हो । अहिले ८३ रन बनाएका इशानलाई दीपेन्द्रसिंह भरीले साथ दिइरहेका छन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०८३, शुक्रबार  १२ : ५३ बजे

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन– कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम

वेस्ट इन्डिजका आक्रामक ब्याटर रदरफोर्डले सुदूरपश्चिमबाट एनपीएल खेल्ने

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम

भारतको बिहारमा पटाका बनाउने क्रममा विस्फोट, पाँच जनाको मृ*त्यु

भारत– भारतको बिहार राज्यस्थित सीवान जिल्लाको आलमपुर गाउँमा पटाका बनाउने

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले