इरानी सर्वोच्च नेताको आदेश : समृद्ध यूरेनियम अर्को देशमा लान नदिनू « Khabarhub

इरानी सर्वोच्च नेताको आदेश : समृद्ध यूरेनियम अर्को देशमा लान नदिनू


८ जेष्ठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

तेहरान- इरानका सर्वोच्च नेता आयातुल्ला मुजतबा खामेनेईले देशको उच्च समृद्ध (हाइली एनरिच्ड) युरेनियम विदेश नपठाउन आदेश दिएका छन् ।

रोयटर्सका अनुसार यो निर्णय अमेरिकाको त्यस मागविरुद्धमा हो, जसमा इरानलाई आफ्नो समृद्ध यूरेनियम स्टक बाहिर पठाउन भनिएको थियो।

दुई वरिष्ठ इरानी स्रोतहरूका अनुसार खामेनेईको निर्देशनपछि तेहरानले यूरेनियम स्टकसम्बन्धी आफ्नो अडान अझै कडा बनाएको छ। स्रोतहरूले इरानी नेतृत्वमा समृद्ध यूरेनियम देशबाट बाहिर नपठाउने कुरामा एक मत छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार अमेरिकाले इरानलाई उच्च समृद्ध यूरेनियम राख्न अनुमति नदिने बताएका थिए। उनले भने, ‘हामी यसलाई प्राप्त गर्नेछौँ… हामी उनीहरूलाई यसलाई राख्न दिने छैनौं।’

इजरायली अधिकारीहरूले रोयटर्सलाई बताएअनुसार ट्रम्पले इरानको उच्च समृद्ध यूरेनियम देशबाट बाहिर पठाइने आश्वासन दिएका छन्। इजरायल पनि शान्ति सम्झौतामा यो शर्त समावेश होस् भन्ने चाहन्छ।

इरानी अधिकारीहरूलाई यदि यूरेनियम विदेश पठाइयो भने भविष्यमा अमेरिका र इजरायलको हमलाविरुद्धमा इरान कमजोर हुने डर छ। त्यसैले यसलाई देशभित्र नै राख्ने निर्णय गरिएको हो।

रिपोर्ट अनुसार युद्धविराम लागू भए पनि शान्ति वार्तामा ठूलो ब्रेक थ्रू भएको छैन। अमेरिकी बन्दरगाह नाकाबन्दी र होर्मुज स्ट्रेटमा इरानको नियन्त्रणले वार्तालाई जटिल बनाइरहेको छ।

दुवै स्रोतहरूले इरानी नेतृत्वलाई युद्धविराम अमेरिकाको रणनीति हुन सक्ने शंका रहेको जनाएका छन् । अमेरिका फेरि हवाई हमला गर्न तयार रहेको इरानले ठहर गरेको छ।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका अनुसार जुन २०२५ मा अमेरिका र इजरायलको हमलाको समयमा इरानसँग ६० प्रतिशतसम्म समृद्ध ४४०.९ किलोग्राम यूरेनियम थियो। एजेन्सीले यसको ठूलो हिस्सा इस्फहान र नतान्ज परमाणु केन्द्रहरूमा रहेको अनुमान गरेको छ।

प्रकाशित मिति : ८ जेष्ठ २०८३, शुक्रबार  १ : ३४ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने