गाजाको जहाजमा पक्राउ इन्डोनेसियाली स्वदेश फिर्ता « Khabarhub

गाजाको जहाजमा पक्राउ इन्डोनेसियाली स्वदेश फिर्ता


८ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

जेरुसलेम- इजरायली सेनाले गाजाका लागि मानवीय सहयता सामाग्री बोकेका दुई वटा जहाजलाई समुद्री नाकामा रोकेर हिरासतमा लिएका नौ इन्डोनेसियाली नागरिकहरू हाल स्वदेश फर्किरहेको इन्डोनेसियाका विदेशमन्त्री सुगियोनोले बताएका छन् । स्वयंसेवकहरू टर्कीको इस्तानबुलका लागि इजरायली क्षेत्रबाट प्रस्थान गरेको उल्लेख गर्दै चाँडै नै इन्डोनेसिया पुग्ने अपेक्षा गरिएको इन्डोनेशियाको विदेश मन्त्रालयले विज्ञप्ति मार्फत पुष्टि गरेको सुगियोनोले जनाएका छन् ।

सुगियोनोका अनुसार इन्डोनेसियालीहरूको रिहाइ र स्वदेश फिर्ता प्रक्रिया इन्डोनेसियाली सरकारले गरेको गहन तथा कूटनीतिक प्रयास र घनिष्ठ समन्वयको माध्यमबाट सुरक्षित रुपमा सम्भव भएको थियो । उनले पुनरागमन प्रक्रियालाई सहज बनाउन सक्रिय भूमिका र समर्थनका लागि टर्की सरकारको प्रशंसासमेत गरेका छन् ।

यसैबीच स्वयंसेवकहरूले उनीहरूको नजरबन्दको समयमा अनुभव गरेको अमानवीय व्यवहारहरुको वर्णन गरे पछि सुगियोनोले इन्डोनेसियाको निन्दा गरेका छन् । उनले यस्तो व्यवहारले अन्तर्राष्ट्रिय मानवीय कानूनको गम्भीर उल्लङ्घन भएको बताउदै इन्डोनेसियाली सरकारले सबै इन्डोनेसियाली नागरिकहरूको सुरक्षित फिर्तीको निगरानी र सुनिश्चित गर्न आवाश्यक प्रक्रिया जारी राख्नु पर्ने कुरामा जोड दिएका छन् ।

प्रकाशित मिति : ८ जेठ २०८३, शुक्रबार  ४ : २४ बजे

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

बागलुङ– बिहीबारदेखि परेको अविरल वर्षाका कारण ताराखोलामा एक जनाको पहिरोमा

उर्लियो कालीगण्डकी, मोदीवेणीमा चेतावनी तह नाघ्यो (तस्बिरहरू)

बागलुङ- निरन्तरको भारी वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि नदी

भारी वर्षापछि बैंककका ५० जिल्लामा विपद् घोषणा

बैंकक- थाइल्यान्डको राजधानी बैंककमा लगातार तेस्रो दिन परेको भारी वर्षाका

जीडीआईमार्फत विकासशील मुलुकको विकास सहकार्यलाई तीव्रता दिनुपर्नेमा जोड

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले सन् २०३० सम्म दिगो विकास लक्ष्य

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका