ओलीलाई सुब्बाले भने : एमाले कुनै व्यक्तिको निजी कम्पनी होइन « Khabarhub

ओलीलाई सुब्बाले भने : एमाले कुनै व्यक्तिको निजी कम्पनी होइन


८ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेभित्र नेतृत्वबारे गम्भीर बहस चर्किएको छ। पार्टीको एघारौँ महाधिवेशनपछि पहिलोपटक भएको उच्चस्तरीय बैठकमा उपाध्यक्षद्वय विष्णु पौडेल र पृथ्वी सुब्बा गुरुङले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व शैलीबारे प्रश्न उठाएका छन् ।

फागुन २१ को निर्वाचनपछि गुण्डुस्थित ओली निवासमा बसेको बैठकमा दुवै नेताले पार्टीभित्र सुधार र नेतृत्व परिवर्तन आवश्यक रहेको धारणा राखेको स्रोतको दाबी छ। विष्णु पौडेलले हालसम्मको निर्णय, विशेषगरी दुई कार्यकाल र उमेर हद हटाउने विषयप्रति असन्तुष्टि जनाउँदै त्यसबारे पुनर्विचार आवश्यक रहेको बताएका थिए।

त्यस्तै पृथ्वी सुब्बा गुरुङले एमाले कुनै व्यक्तिको निजी कम्पनी नभएको उल्लेख गर्दै पार्टीलाई संस्थागत रूपमा अघि बढाउन नेतृत्व परिवर्तन अपरिहार्य हुनसक्ने टिप्पणी गरेका थिए । उनीहरूको यस्तो अभिव्यक्तिपछि बैठकमा केही समय तनावपूर्ण अवस्था सिर्जना भएको बताइन्छ।

स्रोतका अनुसार, उक्त टिप्पणीपछि अध्यक्ष ओलीले असन्तुष्टि जनाउँदै कडा प्रतिक्रिया दिएका थिए। विगतमा साथ दिँदै आएका नेताहरूबाटै फरक धारणा आएपछि बैठकमा सामान्य सवाल–जवाफ र चर्काचर्कीसमेत भएको उल्लेख छ।

विष्णु पौडेलले बैठकमा पार्टीलाई पुरानै ढर्राबाट चलाउन नसकिने र नेतृत्वसहित समग्र संरचनामा सुधार आवश्यक रहेको बताएका थिए। उनले हालको राजनीतिक परिस्थिति बदलिएको भन्दै अब विकल्पसहित अघि बढ्नुपर्ने धारणा राखेका थिए। बैठकपछि एमालेभित्र नेतृत्वको भविष्यबारे चर्चा थप चर्किएको देखिन्छ।

प्रकाशित मिति : ८ जेठ २०८३, शुक्रबार  ९ : ४२ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील