ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट « Khabarhub

ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट


८ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

दुबई– कतारको प्रमुख प्राकृतिक ग्यास निर्यात केन्द्रमा पुनः सञ्चालनको तयारी भइरहेका बेला आइतबार राति भएको शक्तिशाली विस्फोट र आगलागीमा कम्तीमा ५४ जना घाइते भएका छन् भने १८ जना अझै बेपत्ता रहेका छन् । 

घटनाले विश्व ऊर्जा बजारमा थप अनिश्चितता सिर्जना गरेको छ, विश्वका प्रमुख प्राकृतिक ग्यास उत्पादक राष्ट्रहरूमध्ये एक कतारको उत्पादन र आपूर्ति प्रणाली प्रभावित भएपछि यसको असर अन्तर्राष्ट्रिय ऊर्जा बजारमा समेत पर्न सक्ने देखिएको छ ।

रस लाफान औद्योगिक क्षेत्रमा अवस्थित ग्यास सुविधामा युद्धका कारण रोकिएको उत्पादन पुनः सञ्चालन गर्ने काम भइरहेका बेला विस्फोट भएको हो । युद्धका क्रममा इरानको आक्रमणपछि प्रभावित बनेको उक्त क्षेत्रमा कामदारहरू मर्मत तथा पुनः सञ्चालनको काममा जुटिरहेका थिए ।

कतार एनर्जीका अनुसार बार्जान ग्यास आपूर्ति केन्द्रमा भएको विस्फोटपछि आगलागी फैलिएको थियो । प्रारम्भिक विवरणमा केही व्यक्ति मात्र घाइते भएको जनाइएको भए पनि केही घण्टापछि कतारको गृह मन्त्रालयले घाइतेको सङ्ख्या उल्लेखनीय रूपमा बढेको पुष्टि गरेको छ । बेपत्ता व्यक्तिहरूको खोजी तथा उद्धार कार्य जारी रहेको अधिकारीहरूले बताएका छन् ।

विस्फोटबाट भएको क्षतिको पूर्ण विवरण अझै सार्वजनिक गरिएको छैन । यद्यपि, उक्त घटनाले कतारको ऊर्जा पूर्वाधारमा पुनः गम्भीर असर पारेको आशङ्का गरिएको छ ।

इरानले हर्मुज जलघाँटीमा आफ्नो नियन्त्रण कडा बनाएपछि कतारले केही समयअघि ग्यास उत्पादन र निर्यात गतिविधि रोकेको थियो । त्यसका कारण आफ्ना अन्तर्राष्ट्रिय ग्राहकसम्म ग्यास आपूर्ति गर्न कठिन भएपछि उत्पादन स्थगित गरिएको थियो । 

पछिल्लो समय युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास अगाडि बढ्दै जाँदा इरानले जलघाँटीमा आफ्नो नियन्त्रण केही खुकुलो पारेपछि कतारले पुनः निर्यात सञ्चालन गर्ने तयारी थालेको थियो ।

बार्जान ग्यास प्लान्टको दैनिक उत्पादन क्षमता करिब एक अर्ब ४० करोड मानक घनफिट बिक्रीयोग्य ग्यास रहेको थियो । उक्त ग्यास मुख्यतः घरेलु विद्युत् उत्पादन तथा अरब प्रायद्वीपका मरुभूमि क्षेत्रमा सञ्चालन हुने महत्त्वपूर्ण पानी प्रशोधन तथा डिसेलिनेसन केन्द्रहरू सञ्चालन गर्न प्रयोग हुँदै आएको छ ।

उक्त प्लान्टको अधिकांश स्वामित्व कतारसँग रहेको छ भने अमेरिकी ऊर्जा कम्पनी एक्सोनमोबिलको पनि सानो हिस्सेदारी रहेको छ । घटनापछि कम्पनीसँग प्रतिक्रिया मागिए पनि तत्काल कुनै प्रतिक्रिया प्राप्त हुन सकेन ।

यसअघि मार्च महिनामा इरानले प्रहार गरेको एक क्षेप्यास्त्र रस लाफान क्षेत्रमा खसेर ठूलो आगलागी भएको थियो । अधिकारीहरूका अनुसार त्यस घटनाले व्यापक क्षति पुर्‍याएको थियो । त्यही आक्रमणपछि कतारले उक्त क्षेत्रमा उत्पादन गतिविधि रोक्न बाध्य भएको थियो ।

कतार र इरानले पर्सियन खाडीमा अवस्थित विशाल अपतटीय प्राकृतिक ग्यास क्षेत्र साझा गर्दै आएका छन् । यही प्राकृतिक ग्यास भण्डारले कतारलाई विश्वकै धनी राष्ट्रहरूमध्ये एक बनाएको छ । 

ऊर्जा आम्दानीकै आधारमा कतारले सन् २०२२ को फिफा विश्वकप आयोजना गरेको थियो भने अल जजीरा समाचार सञ्जालको स्थापना तथा विभिन्न अन्तर्राष्ट्रिय कूटनीतिक मध्यस्थतामा पनि सक्रिय भूमिका निर्वाह गर्दै आएको छ ।

हालको विस्फोटले कतारको ऊर्जा उत्पादन, निर्यात क्षमता र विश्व ग्यास बजारको आपूर्ति प्रणालीमा थप दबाब सिर्जना गर्ने विश्लेषण गरिएको छ । युद्धपछिको पुनः स्थापनाको प्रयास भइरहेका बेला भएको यो दुर्घटनाले क्षेत्रीय अस्थिरताको असर ऊर्जा पूर्वाधारमा अझै कायम रहेको सङ्केत गरेको छ । रासस

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  ११ : २७ बजे

चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पर्सामा सुरक्षाको प्रभावकारी प्रबन्ध मिलाइनेपर्सामा सुरक्षाको प्रभावकारी प्रबन्ध मिलाइने

विरगन्ज– पर्सा जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाका सबै सुरक्षा निकायले

चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले चिया तथा कफी

बालिकालाई अनैतिक कार्यमा लगाउने चार महिला पक्राउ

गण्डकी– पोखरा महानगरपालिका–१८ चिसाखोलाका विभिन्न खाजाघरमा बालिकालाई अनैतिक कार्यमा लगाएको

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण