बाँझो जमिनको २० रोपनीमा स्याउखेती « Khabarhub

बाँझो जमिनको २० रोपनीमा स्याउखेती


८ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– तमानखोला गाउँपालिकाले वर्षौंसम्म बाझो रहेको २० रोपनी जमिनमा स्याउखेती गरी आयआर्जनको बाटो पहिल्याएको  छ । 

गाउँपालिका–४ को गोर्दी, बहेली क्षेत्रका बाझो जमिनमा एक हजार ५०० जातका  विभिन्न स्याउका बिरुवा सात लाखको लगानीमा रोपी खेती गर्न थालेको तमानखोला गाउँपालिका–४ का अध्यक्ष छप्रसाद सिर्पालीले बताए । बिरुवाको देखदेख, गोडमेल र व्यवस्थापन सोही वडाले गर्ने गरी व्यवस्था मिलाएको छ ।  

समुद्री सतहदेखि दुई हजार ५०० मिटरको उचाइमा रहेको गोर्दी र तीन हजार ५०० मिटरको उचाइमा रहेको बहेलीमा स्याउ लगाएर हुर्किएपछि राम्रो उत्पादन हुने विश्वास गाँउपालिकाले गरेको छ । पालिकाले कार्यविधि बनाइ पहिलो चरणमा बाझो जमिनमा खेती गरेको हो । 

‘यो क्षेत्रमा स्याउखेती राम्रो हुने अपेक्षा लिएका छौँ, सुरुमा परीक्षणका लागि २० रोपनीमा पन्ध्र सय बिरुवा लगाएका छौँ, यसले उत्पादन दिन थालेपछि अन्य क्षेत्रमा पनि विस्तार गर्ने हाम्रो योजना छ’, अध्यक्ष बुढा मगरले भने, ‘यस क्षेत्रमा स्याउ उत्पादन हुन थाल्यो भने यहाँका नागरिक आयआर्जनसँग जोडिने छन्, भने पर्यटन प्रवर्द्धन पनि हुने अपेक्षा लिएका छौँ ।’ अध्यक्षले भने । 

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  १२ : ४६ बजे

आयोजनाको जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुने

दमौली– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको जलाशयबाट

चीन–रुसद्वारा युरेसियामा बाह्य हस्तक्षेपको विरोध

बेइजिङ– चीन र रुसले युरेसिया महादेशमा स्थिरता कमजोर पार्ने बाह्य

बाँकेका चार स्थानीय तहमा लम्पी स्किनविरुद्ध खोप अभियान

राँझा – बाँकेका चार स्थानीय तहमा गाईवस्तुलाई लम्पी स्किन रोगविरुद्ध खोप

युक्रेन युद्धमा सम्झौता नजिक पुगेको ट्रम्पको संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीचको युद्ध अन्त्य

सुर्खेतमा एक विद्यार्थी मृ*त भेटिए 

सुर्खेत– सुर्खेतमा लोकसेवा आयोगको तयारी गरिरहेका अछामका एक विद्यार्थी भाडाको