इरानी हमलाको आशंकामा लुकाइए इजरायलका पूर्वसुरक्षा प्रमुख « Khabarhub

इरानी हमलाको आशंकामा लुकाइए इजरायलका पूर्वसुरक्षा प्रमुख


८ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

यूएई- यूएई पुगेका एकजना पूर्वइजरायली सुरक्षा प्रमुखलाई इरानी आक्रमणको आशंकामा गोप्य स्थानमा लुकाइएको छ।

इजरायली टेलिभिजन च्यानल १३ का अनुसार त्यहाँको आन्तरिक सुरक्षा निकाय ‘शिन बेट’का पूर्वप्रमुख रोनेन बार र उनकी पत्नीलाई संयुक्त अरब इमिरेट्स (यूएई) भ्रमणका क्रममा सुरक्षित रूपमा बाहिर निकालेर लुकाइएको हो।

रिपोर्टमा इरानबाट सम्भावित आक्रमण वा क्षति पुर्‍याउने योजनाबारे चेतावनी प्राप्त भएपछि उनीहरूलाई तत्काल सुरक्षित स्थानमा सारिएको दाबी गरिएको छ।

रोनेन बार एक अन्तर्राष्ट्रिय सुरक्षा सम्मेलनमा सहभागी हुन यूएई पुगेका थिए। यस विषयमा हालसम्म न यूएई र न इरानले कुनै आधिकारिक प्रतिक्रिया दिएका छन्।

रोनेन बार शिन बेट प्रमुख रहँदा नै इजरायलमा अक्टोबर ७ को हमला भएको थियो। त्यसपछि उनले उक्त आक्रमण रोक्न सुरक्षा संयन्त्र असफल भएको स्वीकारेका थिए। उनले सन् २०२५ मा आफ्नो पद त्यागेका थिए।

स्ट्रेट अफ होर्मुजबाट १२ जहाज निस्किए

अमेरिका र इरानबीच शान्ति सम्झौता भएपनि इजरायलले लेबनानमा विनाशकारी हमला रोकेको छैन ।

त्यहीकारण एसियाको तेल आपूर्ति हुने मुख्य रुट स्ट्रेट अफ होर्मुज फेरि प्रभावित भएको छ। शिपिङ डेटा कम्पनी विन्डवर्डका अनुसार इजरायलले लेबनानमाथि आक्रमण नरोकेपछि इरानले होर्मुज जलडमरूमध्य फेरि बन्द गर्न सक्ने चेतावनी दिएको छ।

त्यहीकारुण एसियाका लागि मुख्य समुद्री यातायातमा गम्भीर असर देखिन थालेको छ। आइतबार उक्त मार्गबाट केवल १२ वटा जहाज गुज्रिएका छन् ।

जबकि एक दिनअघि शनिबार यो संख्या ३५ थियो। कम्पनीका अनुसार होर्मुज क्षेत्रमा प्रवेश गरेका ८ जहाजमध्ये ५ वटाले आफ्नो अटोमेटिक आइडेन्टिफिकेसन सिस्टम (एआईएस) समेत बन्द गरेका थिए । जसका कारण तिनको गतिविधि निगरानी गर्न कठिन भएको छ।

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  १ : २६ बजे

नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाणलाई २ वर्ष कैद, २० हजार जरिवाना

काठमाडौं- नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन गरिएको

एशियन भिलेज रिसोर्टका अध्यक्ष पक्राउ, विष्णु पौडेलसँग शंकास्पद कारोबार रहेको जिकिर

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुर आरोपमा

वर्षा भन्छिन् : दीपक-दीपाको जस्तो सम्बन्ध सधैँ अटल रहोस्

काठमाडौं– कलाकार दीपाश्री निरौला ब्रेन ट्युमरसँग लडिरहँदा उनका प्रिय सहकर्मी

उत्कृष्ट काम गर्ने उपभोक्ता समिति र कर्मचारी सम्मानित

खोटाङ– नेपाल सरकार, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयअन्तर्गत जलस्रोत तथा

मधेशका पूर्वप्रदेश प्रमुख अहिराज बलात्कार मुद्दामा दोषी, सजाय निर्धारण बिहीबार

काठमाडौं- मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज (राजेश झा) बलात्‍कार