सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न मन्त्री तिमिल्सिनाको निर्देशन « Khabarhub

सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न मन्त्री तिमिल्सिनाको निर्देशन


८ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

चितवन– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सेवाग्राहीलाई केन्द्रमा राखेर सेवा प्रवाह गर्न निर्देशन दिएका छन् । 

आज नेपाल टेलिकम भरतपुरको कार्यालय निरीक्षणका क्रममा  सेवाग्राहीलाई केन्द्रमा राखेर जिम्मेवारी पूरा गर्न मन्त्री डा तिमिल्सिनाले  निर्देशन दिएका हुन् । 

उनले यसअघि सरकारी कार्यालयहरूमा सेवा लिन जान नपरे हुन्थ्यो भन्नेसम्मको गुनासो आउने गरेको सन्दर्भमा छिटोछरितो ढङ्गबाट सेवा प्रदान गरी सेवाग्राहीको विश्वास जित्ने गरी काम गर्न निर्देशन दिए । 

दूरसञ्चार क्षेत्रमा विगतको तुलनामा धेरै काम भएको भन्दै उनले जनअपेक्षाअनुसार अझ धेरै काम गर्न बाँकी रहेको बताए ।

सञ्चारमन्त्री डा तिमिल्सिनाले भने, ‘१० वर्ष अगाडि र अहिलेको अवस्था फरक छ । हिजो मान्छे एउटा सेवा लिनका लागि पाँच दिनसम्म कुर्न सक्थ्यो भने आज एक दिन पनि कुर्दैन, फोन गरेपछि अहिले नै आइदिए हुन्थ्यो भन्ने अपेक्षा भएकाले तपाईँहरूले सोहीअनुसार काम गर्नुपर्छ ।’

उनले भने, ‘सेवाग्राहीले तिरेको पैसाले कार्यालय सञ्चालन भइरहेका छन्, तपाईँको सबैभन्दा ठूलो जबाफदेहिता सेवाग्राहीप्रति हुनुपर्छ । सोहीअनुसार सेवाग्राही खुसी हुने गरी कार्यसम्पादन गर्नुहोला ।’
 
नेपाल टेलिकमको कार्यालय व्यवस्थित गर्ने विषयमा चासो दिँदै उनले भवनलगायत समस्याका बारेमा कार्यरत कर्मचारीसँग एकल एवं संयुक्त रुपमा छलफल गरे । 

नेपाल टेलिकमको पुनःसंरचना, कर्मचारीको वृत्ति विकास, आवश्यक उपकरण र अन्य समस्याका बारेमा भरतपुर कार्यालय प्रमुख राकेश चौधरीसहितका कर्मचारीहरूले सञ्चारमन्त्रीसमक्ष अनुरोध गरेका थिए । 
 

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  ३ : ३७ बजे

तरलता व्यवस्थापनका निम्ति २५ अर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैङ्क

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापनका

अव्यवस्थित तार व्यवस्थापन पूरा गर्न अन्तिम पटक १५ दिन थप, अब म्याद नथपिने

काठमाडौं– काठमाडौँ उपत्यकामा वर्षौंदेखि बिजुलीका खम्बामा गुजुल्टिएका, लत्रिएका तथा प्रयोगविहीन

ब्रोड पिक हिमपहिरो : चारवटा शव भेटिँदा एकजना नेपाली र ओमानी आरोहीको परिचय खुल्यो

काठमाडौं- पाकिस्तानको काराकोरम हिमशृङ्खलास्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमालमा

फिफा योजनाविरुद्ध विश्वकप बहिष्कारको चेतावनी

जेनेभा– फिफा विश्वकपलगायतका प्रमुख प्रतियोगितामा निजी इक्विटी लगानी भित्र्याउने अध्यक्ष

दुई धार्मिक समुदायका अगुवालाई एकै ठाउँ राखे रविले

काठमाडौं- सुनसरीसहित तराई-मधेशमा देखिएको तनाव कम गर्न राष्ट्रिय स्वतन्त्र पार्टी