आर्थिक गणना : १३ लाखभन्दा बढी प्रतिष्ठानको विवरण संकलन « Khabarhub

आर्थिक गणना : १३ लाखभन्दा बढी प्रतिष्ठानको विवरण संकलन


८ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय तथ्यांक कार्यालयले हालसम्म साढे १३ लाख भन्दा बढी प्रतिष्ठान एवं व्यवसायको आर्थिक गणना सम्पन्न भइसकेको जनाएको छ ।  

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कार्यालयले कागजी प्रश्नावलीमार्फत १३ लाख ४४ हजार ५ सय र ‘इसेन्सस’ वेब पेजमार्फत ७ हजार बढी गरी १३ लाख ५१ हजार ३ सय ३१ प्रतिष्ठान एवं व्यवसायको आर्थिक गणना सम्पन्न गरिसकेको जनाएको हो । 

दोस्रो राष्ट्रिय आर्थिक गणनामा १४ लाख प्रतिष्ठान एवं व्यवसायको आर्थिक गणना गर्ने लक्ष्य रहेकोमा हाल लक्ष्यको ९१ दशमलव ६ प्रतिशत गणना सम्पन्न भएको कार्यालयका प्रवक्ता एवं उपप्रमुख तथ्यांक अधिकारी ढुण्डीराज लामिछानेले जानकारी दिए । 

देशैभरका विभिन्न जिल्लाका केही गणनाहरू सिस्टममा राख्ने क्रममा जारी रहेकाले यो संख्या बढ्ने उनले बताए ।

आर्थिक गणना गर्दा केही प्रतिष्ठान एवं व्यवसायको आनाकानी रहे पनि गोपनीयताका बारेमा स्पष्ट पारेपछि अहिले कुनै समस्या नदेखिएको समेत लामिछानेले जानकारी दिए । उनले विगतमा सञ्चालनमा रहेका र हाल बन्द भएका प्रतिष्ठान एवं व्यवसाय करिब ३८ हजारको संख्यामा रहेको उल्लेख गरे । 

देशको अर्थतन्त्रको आकार तय गर्ने प्रयोजनका लागि समग्र आर्थिक क्रियाकलापको विश्लेषणका लागि समेत आर्थिक गणना निकै महत्त्वपूर्ण रहेको कार्यालयले जनाएको छ ।

दोस्रो आर्थिक गणनाको नतिजा आगामी आर्थिक वर्षदेखि निरन्तर सार्वजनिक गरिने समेत जानकारी दिइएको छ । आर्थिक गणनाका लागि ३ हजार ९ सय ७ गणक र ५ सय २६ सुपरिवेक्षक परिचालन गरिएको थियो ।

यसअघि विसं २०७५ मा भएको पहिलो राष्ट्रिय आर्थिक गणनामा नौ लाख २३ हजार ३५६ प्रतिष्ठान एवं व्यवसाय सञ्चालनमा रहेको विवरण सार्वजनिक भएको थियो ।

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  ५ : २७ बजे

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र