अलैँची निर्यात : ११ महिनामा १२ अर्ब बढी र ५ वर्षमा ४० अर्ब बढीको निर्यात « Khabarhub

अलैँची निर्यात : ११ महिनामा १२ अर्ब बढी र ५ वर्षमा ४० अर्ब बढीको निर्यात


८ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्षको ११ महिनाको वैदेशिक व्यापारमा निर्याततर्फ अलैँची दोस्रो स्थानमा रहेको छ । पहिलो स्थानमा रहेको सोयाबिन तेल र सोको कच्चापदार्थ आयात भएर निर्यात भएकोमा नेपालमा नै उत्पादन भएर निर्यात हुनेमा दोस्रो स्थानमा अलैँची देखिएको हो ।

भन्सार विभागको तथ्यांकअनुसार समीक्षा अवधिमा नेपालबाट ठूलो अलैँची १२ अर्ब १ करोड १४ लाख ८६ हजार रुपैयाँको निर्यात भयो । जुन पछिल्ला वर्षहरूकै सबैभन्दा धेरै मूल्य बराबरको हो । यद्यपि परिमाणका हिसाबले भने आर्थिक वर्ष ०७९-८० मा सबैभन्दा धेरै निर्यात भएको थियो ।

विभागको तथ्यांकलाई हेर्दा नेपाली अलैँचीले वैदेशिक बजारमा राम्रो मूल्य पाउँदै गएको देखिएको छ । आर्थिक वर्ष ०७८-७९ मा नेपालबाट ४ अर्ब ८१ करोड, ०७९-८० मा ८ अर्ब २७ करोड, ०८०-८१ मा ७ अर्ब ९४ करोड र ०८१-८२ मा नेपालबाट ७ अर्ब ६८ करोड रुपैयाँ बढीको अलैँची निर्यात भएको थियो । 

पाँच वर्षमा अलैँची निर्यातको अवस्था

आर्थिक वर्ष परिमाण (केजी) निर्यात मूल्य
०७८-७९५३,६७,४४३४,८१,३४,६५,०००
०७९-८०९९,९१,१४९८,२७,६८,५१,०००
०८०-८१५०,१८,३३५७,९४,०९,६४,०००
०८१-८२४३,०१,०४५७,६८,३७,०६,०००
०८२-८३ (११ महिना)६०,३४,८९४१२,०१,१४,८६,०००

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  ४ : ४५ बजे

बाँकेमा हुरीले धानबालीमा क्षति

बाँके– लगातारको वर्षासँगै आएको हुरीले धानबालीमा क्षति भएको छ ।

पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता

पाल्पा– जिल्लाको माथागढी गाउँपालिका–२ र रिब्दीकोट गाउँपालिका–६ मा पहिरोमा परी

कालीगण्डकीले बेनी–जोमसोम–कोरला सडकअन्तर्गत पोखरेबगरको पुल बगायो

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगर र वडा नम्बर– २

बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

बागलुङ– बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको

सुरु भयो सोह्र श्राद्ध, वर्षाले पशुपति क्षेत्रमा देखिएन भीड (तस्बिरहरू)

काठमाडौं– प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात्