राहदानी छपाइ प्रकरण : अर्याल*सहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा « Khabarhub

राहदानी छपाइ प्रकरण : अर्याल*सहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


८ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


426
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ई–पासपोर्ट (राहदानी) छपाइसँग सम्बन्धित अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

गत असार २ गते पक्राउ परेका राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनीलकुमार केसीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको हो।

अख्तियारले गत असार २ गते अर्याललाई काठमाडौंबाट पक्राउ गरेको थियो। त्यसपछि जर्मन कम्पनी मुहलबाउरका नेपाली प्रतिनिधि मनिन्द्रराज मल्ल र राहदानी विभागका तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्यलाई असार ३ गते पक्राउ गरिएको थियो।

राहदानी छपाइ तथा खरिद प्रक्रियामा भएको भनिएको अनियमितताबारे अख्तियारले छानबिन गरिरहेको थियो। अख्तियारले मुद्दा चलाएको पुष्टि भए पनि सजाय र बिगो मागदाबीबारे विस्तृत विवरण आइसकेको छैन।

भूलसुधार** : यसअघि यसै समाचारमा नेपाली कांग्रेसकी नेतृ एवम् पूर्वपराष्ट्रमन्त्री आरजु देउवाको पनि नाम पर्न गएकाले क्षमायाचनासहित सच्याएका छौँ। -सम्पादक

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  ५ : ०० बजे

सुर्खेतमा एक विद्यार्थी मृत भेटिए 

सुर्खेत– सुर्खेतमा लोकसेवा आयोगको तयारी गरिरहेका अछामका एक विद्यार्थी भाडाको

रातभर मनाएर सकियो तलेजुको जात्रा

भक्तपुर– विजयादशमीका दिन मध्यरातिबाट भक्तपुरमा सुरु भएको पायःद्यो अर्थात् खड्ग

तीन हजार ५८५ यात्रुलाई प्रहरी र सशस्त्रको निःशुल्क बस सेवा

काठमाडौँ– नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित निःशुल्क बस

नदी कटान रोक्न तटीय क्षेत्रमा वृक्षरोपण

कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ स्थित खल्लागोठमा मछेली नदीको कटान रोक्न

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीमा पुनर्निर्माण र पुनःस्थापनाका लागि