राहदानी छपाइ प्रकरण : अर्याल*सहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा « Khabarhub

राहदानी छपाइ प्रकरण : अर्याल*सहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


८ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


426
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ई–पासपोर्ट (राहदानी) छपाइसँग सम्बन्धित अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

गत असार २ गते पक्राउ परेका राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनीलकुमार केसीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको हो।

अख्तियारले गत असार २ गते अर्याललाई काठमाडौंबाट पक्राउ गरेको थियो। त्यसपछि जर्मन कम्पनी मुहलबाउरका नेपाली प्रतिनिधि मनिन्द्रराज मल्ल र राहदानी विभागका तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्यलाई असार ३ गते पक्राउ गरिएको थियो।

राहदानी छपाइ तथा खरिद प्रक्रियामा भएको भनिएको अनियमितताबारे अख्तियारले छानबिन गरिरहेको थियो। अख्तियारले मुद्दा चलाएको पुष्टि भए पनि सजाय र बिगो मागदाबीबारे विस्तृत विवरण आइसकेको छैन।

भूलसुधार** : यसअघि यसै समाचारमा नेपाली कांग्रेसकी नेतृ एवम् पूर्वपराष्ट्रमन्त्री आरजु देउवाको पनि नाम पर्न गएकाले क्षमायाचनासहित सच्याएका छौँ। -सम्पादक

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  ५ : ०० बजे

प्रधानमन्त्रीले भने : उद्धार, खोजी र राहत कार्यलाई तीव्र बनाएका छौं

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

एमबाप्पे बलोन डी’ओरका लागि योग्य : मउरिन्हो

काठमाडाैं – रियल म्याड्रिडका प्रशिक्षक जोसे मउरिन्होले किलियन एमबाप्पे यस

किएभ नजिकै डिपोमा रुसी आक्रमण, कम्तीमा ३७ जनाको मृत्यु

किएभ- युक्रेनको राजधानी किएभनजिकै रहेको एक डिपोमा रुसले रातभर ड्रोन आक्रमण

चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार

रसुवा– भोटेकोशी नदीमा बाढी आएको चार दिनपछि गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा