सम्पत्ति शुद्धीकरणको इमेलले होटलबाटै पक्राउ परेका थिए पौडेल « Khabarhub

सम्पत्ति शुद्धीकरणको इमेलले होटलबाटै पक्राउ परेका थिए पौडेल


८ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- पूर्वअर्थमन्त्री समेत रहेका नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) सम्बन्धी अनुसन्धानका लागि पक्राउ गरिएको पुष्टि भएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, पुल्चोक, ललितपुरबाट जारी भएको पक्राउ पुर्जीका आधारमा उनलाई सोमबार साँझ नियन्त्रणमा लिइएको हो।

विभागको आधिकारिक ईमेलमार्फत पठाइएको पत्रका आधारमा प्राप्त निर्देशनअनुसार उनलाई खोजतलास गर्ने क्रममा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ स्थित शुभ होटलबाट फेला पारिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार साँझ करिब ५:१५ बजे उनलाई नियन्त्रणमा लिएर पक्राउ पुर्जी बुझाई कानुनी प्रक्रिया पूरा गरी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको जिम्मा लगाइएको हो।

पक्राउ गरेपछि उनलाई आवश्यक कारबाहीका लागि विभागमा पठाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा २१ समेतका आधारमा सम्पति शुद्धीकरण अनुसन्धान विभागले प्रहरीलाई ईमेल पठाएको थियो ।

त्यसपछि बुटवल उपमहानगरपालिका वडा नं. ९ घर भई हाल ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नं. २५ मैयु आवास आयोजनामा बसोबास गर्ने पौडेललाई समातिएको हो ।

उनलाई सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. ३ शुभ होटल स्थितमा फेला पारी सम्पति शुद्धीकरण अनुसन्धान विभागबाट जारी भएको जरुरी पक्राउ पुर्जी दिइएको प्रहरीले जनाएको छ।

उनलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक श्यामप्रसाद यादवको जिम्मा लगाएर नेपालगञ्ज पठाइएको छ।

पौडेललाई सुर्खेतबाट नियन्त्रणमा लिएपछि नेपालगञ्जस्थित तालिम केन्द्रमा राखिएको छ। उनलाई भोलि बिहान हवाईमार्ग हुँदै काठमाडौं ल्याउने तयारी भएको छ ।

उनलाई सुरूमा रात्रिबसमा ल्याउने तयारी थियो । तर अहिले नेपालगञ्जबाट श्री एयरलाइन्सको जहाजमार्फत् मंगलबार काठमाडौं ल्याइने भएको छ।

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  ७ : २५ बजे

दुई धार्मिक समुदायका अगुवालाई एकै ठाउँ राखेर रविले गरे संवाद

काठमाडौं- सुनसरीसहित तराई-मधेशमा देखिएको तनाव कम गर्न राष्ट्रिय स्वतन्त्र पार्टी

बागमती प्रदेश सडक दुर्घटना : चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम

चितवन– बागमती प्रदेशका १० जिल्लामा एक हजार ९२४ सडक दुर्घटना

नहरमा डुबेर १० वर्षीय बालकको मृत्यु

भद्रपुर– बुद्धशान्ति गाउँपालिका–६ स्थित सिँचाइका लागि बनाइएको नहरमा डुबेर १० वर्षीय

भ्रामक भिडियो पोस्ट नगर्न आग्रह

वीरगञ्ज– प्रमुख जिल्ला अधिकारी भोला दाहालले फेसबुक, टिकटक, इन्स्टाग्रामलगायत सामाजिक

गगनले गरे कोशी र मधेसका नेता सांसदसँग छलफल

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जुम बैठक र काठमाडौंमा