पेनाल्टी ‘मिस’ हुँदा ऐतिहासिक कीर्तिमान बनाउन चुके मेसी « Khabarhub

पेनाल्टी ‘मिस’ हुँदा ऐतिहासिक कीर्तिमान बनाउन चुके मेसी


८ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकप २०२६ मा अर्को ऐतिहासिक कीर्तिमान बनाउने अवसर गुमाएका छन् । अष्ट्रियाविरुद्धको समूह चरणको खेलमा उनले पाएको पेनाल्टी प्रहार गोलमा परिणत गर्न नसक्दा विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बन्ने मौका हातबाट फुस्किएको हो ।

अल्जेरियाविरुद्धको पहिलो खेलमा ह्याट्रिक गर्दै मेस्सीले जर्मनीका मिरोस्लाभ क्लोसको १६ विश्वकप गोलको कीर्तिमान बराबरी गरेका थिए। अष्ट्रियाविरुद्ध गोल गर्न सके उनी विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी बन्ने थिए ।

तर खेलको सुरुआतमै प्राप्त पेनाल्टीमा मेस्सी चुकेपछि कीर्तिमानका लागि उनको प्रतीक्षा अझै लम्बिएको छ । यद्यपि, उनी अझै पनि १६ गोलसहित क्लोजेसँग संयुक्त रूपमा विश्वकप इतिहासका सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा छन् ।

३८ वर्षीय मेस्सीले यसअघि विश्वकप इतिहासमा छ संस्करण खेल्ने पहिलो फुटबलर तथा विश्वकपमा सर्वाधिक खेल खेल्ने खेलाडीको कीर्तिमान समेत बनाइसकेका छन् ।

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  ११ : १० बजे

मेस्सीको कीर्तिमानी गोलमा अर्जेन्टिनाको शानदार जित, नकआउट चरण प्रवेश

काठमाडौं – लियोनल मेस्सीको कीर्तिमानी प्रदर्शनमा अर्जेन्टिनाले फिफा विश्वकप २०२६

विश्वकपमा मेसी : बने सबैभन्दा धेरै गोल गर्ने खेलाडी, हाने १७ गोल

काठमाडौँ । विश्वकपमा अर्जेटिनाका कप्तान लियोनल मेस्सीले रेकर्ड ब्रेक गरेका

पेनाल्टी ‘मिस’ हुँदा ऐतिहासिक कीर्तिमान बनाउन चुके मेसी

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकप २०२६ मा

लिची बगैँचाबाट वार्षिक लाखौँ आम्दानी गर्दै राई

भोजपुर – भोजपुरको पौवादुङमा गाउँपालिका– ४ बास्तिमका वडाध्यक्ष रमेश राई

वैदेशिक रोजगार विभागको दैनिक प्रगति: २६ नयाँ जाहेरी दर्ता, ७ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगार विभागले मिति २०८३ असार ८ गतेको