पेनाल्टी ‘मिस’ हुँदा ऐतिहासिक कीर्तिमान बनाउन चुके मेसी « Khabarhub

पेनाल्टी ‘मिस’ हुँदा ऐतिहासिक कीर्तिमान बनाउन चुके मेसी


८ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


426
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकप २०२६ मा अर्को ऐतिहासिक कीर्तिमान बनाउने अवसर गुमाएका छन् । अष्ट्रियाविरुद्धको समूह चरणको खेलमा उनले पाएको पेनाल्टी प्रहार गोलमा परिणत गर्न नसक्दा विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बन्ने मौका हातबाट फुस्किएको हो ।

अल्जेरियाविरुद्धको पहिलो खेलमा ह्याट्रिक गर्दै मेस्सीले जर्मनीका मिरोस्लाभ क्लोसको १६ विश्वकप गोलको कीर्तिमान बराबरी गरेका थिए। अष्ट्रियाविरुद्ध गोल गर्न सके उनी विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी बन्ने थिए ।

तर खेलको सुरुआतमै प्राप्त पेनाल्टीमा मेस्सी चुकेपछि कीर्तिमानका लागि उनको प्रतीक्षा अझै लम्बिएको छ । यद्यपि, उनी अझै पनि १६ गोलसहित क्लोजेसँग संयुक्त रूपमा विश्वकप इतिहासका सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा छन् ।

३८ वर्षीय मेस्सीले यसअघि विश्वकप इतिहासमा छ संस्करण खेल्ने पहिलो फुटबलर तथा विश्वकपमा सर्वाधिक खेल खेल्ने खेलाडीको कीर्तिमान समेत बनाइसकेका छन् ।

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  ११ : १० बजे

आयोजनाको जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुने

दमौली– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको जलाशयबाट

चीन–रुसद्वारा युरेसियामा बाह्य हस्तक्षेपको विरोध

बेइजिङ– चीन र रुसले युरेसिया महादेशमा स्थिरता कमजोर पार्ने बाह्य

बाँकेका चार स्थानीय तहमा लम्पी स्किनविरुद्ध खोप अभियान

राँझा – बाँकेका चार स्थानीय तहमा गाईवस्तुलाई लम्पी स्किन रोगविरुद्ध खोप

युक्रेन युद्धमा सम्झौता नजिक पुगेको ट्रम्पको संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीचको युद्ध अन्त्य

सुर्खेतमा एक विद्यार्थी मृ*त भेटिए 

सुर्खेत– सुर्खेतमा लोकसेवा आयोगको तयारी गरिरहेका अछामका एक विद्यार्थी भाडाको