आज २०८३ साल साउन ७ गते बिहीबारको राशिफल « Khabarhub

आज २०८३ साल साउन ७ गते बिहीबारको राशिफल


७ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


897
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०८३ साल साउन ७ गते बिहीबार सन् २०२६ जुलाई २३ तारिख। असार शुक्ल पक्षको नवमी उपरान्त दशमी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : तपाईंको बोलीको प्रभावले राम्रो काम बन्नेछ। विदेश यात्रा हुने योग छ। धन आर्जन हुनेछ। सम्पत्तिको सदुपयोग गर्नु उचित हुनेछ। परिवारले भने शंका गर्ने जोखिम छ।

वृष : अप्ठेरो काममा तपाईंलाई अघि लगाउनेको संख्या ठुलो छ। स्वास्थ्यमा ख्याल नगर्ने बानीले सताउने छ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतबाट लाभ हुनेछ। विदेशमा लगानी गरेको भए फाइदा हुनेछ।

मिथुन : तपाईंले सुरु गरेको काम सहजै बन्नेछ। राज्यका तर्फबाट सेवामुलक कामको सुरुवात हुनेछ। अग्रजको सम्मान प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा पहुँच विस्तार हुनेछ। विपक्षीसँग जोगिएर काम गर्नु राम्रो हुन्छ।

कर्कट : आम्दानी बढ्नेछ। स्वदेशमा रोजगारीको अवसर प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सहज बन्नेछ। जग्गाको कारोबारबाट लाभ हुनेछ। श्रमको मूल्य मिल्नेछ ।

सिंह : बोलीका कारण काम बन्ने दिन छ। मानसम्मान प्राप्त हुनेछ । अग्रजसँग नम्र भएर प्रस्तुत हुनुपर्ने छ। आम्दानीको स्रोत बढ्नेछन्। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।

कन्या : परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। साथीसँगको भेटले मन शान्त बन्नेछ। शिक्षा र स्वास्थ्यको क्षेत्रमा थप मिहिनेत गर्नुपर्ने समय छ। काम गर्दा सचेत बन्नु उचित हुन्छ।

तुला : राज्यको तर्फबाट सम्मान प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा साथीहरु दाहिने भएकाले पहुँच बढाउन हिम्मत गर्नुपर्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ।

वृश्चिक : खर्च बढ्नेछ। आफन्तले विरोध गर्नेछन्। व्यवहार गर्दा सचेत बन्नुपर्ने छ। स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।

धनु : स्वास्थ्यमा सुधार हुनेछ। विपक्षी साथीको साथमा तपाईंको काम बन्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। राजनीतिक क्षेत्रमा भने आज अगाडि नबढ्नु उचित हुन्छ।

मकर : नसोचेको ठाउँबाट आम्दानी हुनेछ । कतै घुमफिरको योजना बन्न सक्छ। शिक्षा र बौद्धिक क्षेत्रको लगानीबाट आंशिक फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : पुराना साथीसँग भेट हुनेछ। नयाँ योजना बन्दा मनमा खुसी मिल्नेछ । काम गर्न सहज वातावरण बन्नेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। अनावश्यक यात्रामा भने खर्च बढ्ने जोखिम छ।

मीन : दैनिक काममा सुधार हुनेछ। अग्रजको साथमा गरेको काम सफल बन्नेछ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने देखिन्छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

प्रकाशित मिति : ७ श्रावण २०८३, बिहीबार  ५ : ०७ बजे

सिने उद्योगमा तीन ब्यानरको वर्चस्व, दर्शकको रोजाइ कन्टेट कि ब्रान्ड ?

काठमाडौं – ‘अन्ततः कन्टेन्टमा दम भएकै फिल्म हिट हुन्छन्’ भन्ने

कर्णालीमा गत आर्थिक वर्ष ट्राफिक कारबाहीबाट ३ करोड ४१ लाख राजस्व सङ्कलन

सुर्खेत– नेपाल प्रहरी कर्णाली प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन

मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सबैको प्रयास आवश्यक : महालेखापरीक्षक

काठमाडौँ– महालेखापरीक्षक तोयम रायाले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’बाट हटाउन

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन अवधिभर

मानव–वन्यजन्तु द्वन्द्वको अन्तरिम प्रतिवेदन कृषिमन्त्रीलाई बुझाइयो

काठमाडौँ-  कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीलाई मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनसम्बन्धी