अमेरिकामा ६ दशक पुरानो नियम खारेज गर्ने तयारी: अब कार्यस्थलमा जातीय र लैङ्गिक विवरण नराखिने « Khabarhub

अमेरिकामा ६ दशक पुरानो नियम खारेज गर्ने तयारी: अब कार्यस्थलमा जातीय र लैङ्गिक विवरण नराखिने


७ श्रावण २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अमेरिकाको रोजगार समान अवसर आयोग (इईओसी) मा रिपब्लिकन बहुमतले ६ दशक पुरानो एउटा महत्त्वपूर्ण व्यवस्था हटाउने पक्षमा मतदान गरेको छ। अमेरिकामा रोजगारदाताहरूले आफ्ना कर्मचारीहरूको जातीय र लैङ्गिक संरचनासम्बन्धी वार्षिक तथ्याङ्क सरकारलाई बुझाउनुपर्ने विभेदविरोधी कानूनी प्रावधानलाई रद्द गर्न आयोगले २–१ को बहुमतले निर्णय गरेको हो।

मङ्गलबार भएको उक्त मतदानपछि अब ३० दिनको सार्वजनिक प्रतिक्रिया (पब्लिक कमेन्ट) अवधि रहनेछ। त्यसपछि आगामी अगस्ट ११ मा हुने सुनुवाइमार्फत यो प्रस्तावलाई अन्तिम स्वीकृति दिइने कार्यक्रम छ।

के हो इईओसी ?

सन् १९६५ मा स्थापना भएको इईओसी अमेरिकी कार्यस्थलहरूमा हुने विभेदसम्बन्धी कानून कार्यान्वयन गराउने जिम्मेवार संघीय निकाय हो। यसले जात, वर्ण, धर्म, लिङ्ग, राष्ट्रिय मूल, उमेर वा अपाङ्गताका आधारमा हुने विभेदका आरोपहरूमाथि अनुसन्धान गर्छ। आयोगले वार्षिक रूपमा करिब ८८,०० हजार उजुरीहरूको छानबिन गर्दै आएको छ।

उजुरीहरूको अनुसन्धान गर्नुका साथै आयोगले कार्यस्थलको जनसाङ्ख्यिकीय तथ्याङ्क (जात र लिङ्गको आधारमा वर्गीकरण) संकलन गर्दै आएको थियो। समग्र कार्यस्थलको प्रवृत्ति निगरानी गर्न र संस्थागत विभेद पहिचान गर्न यो तथ्याङ्क संकलन गरिन्थ्यो, जसलाई नीति निर्माता र अनुसन्धानकर्ताहरूले व्यापक रूपमा प्रयोग गर्छन्।

हाल यो निकायको नेतृत्व आन्द्रेया लुकासले गरिरहेकी छन्। पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यवाहक अध्यक्ष नियुक्त गर्नुअघि उनी इईओसीको आयुक्तका रूपमा कार्यरत थिइन्। उनी कार्यस्थलमा लागू गरिने विविधता, समता र समावेशिता (डीईआई) अभियानकी प्रखर आलोचक मानिन्छिन्। सन् २०२३ मा अमेरिकी सर्वोच्च अदालतले विश्वविद्यालय भर्नामा जातको आधारमा दिइने आरक्षण (अफर्मेटिभ एक्सन) खारेज गरेपछि लुकासले रोयटर्समा एक लेख लेख्दै कम्पनीहरूले आफ्ना डीईआई कार्यक्रमहरूमाथि “गम्भीर पुनर्विचार” गर्नुपर्ने तर्क गरेकी थिइन्।

पाँच सदस्यीय यस आयोगमा हाल पूर्वराष्ट्रपति जो बाइडेनद्वारा सन् २०२२ मा नियुक्त डेमोक्र्याट सदस्य कल्पना कोतागल मात्र बाँकी छिन्।

प्रकाशित मिति : ७ श्रावण २०८३, बिहिबार  ६ : ४१ बजे

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या