धनगढीबाट डा. गोविन्द केसी २४औँ सत्याग्रह « Khabarhub

धनगढीबाट डा. गोविन्द केसी २४औँ सत्याग्रह


७ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि निरन्तर संघर्षरत अभियन्ता प्रा.डा. गोविन्द केसीले कैलालीको धनगढीबाट २४औँ सत्याग्रह सुरु गर्ने भएका छन् । सरकारले विगतमा भएका सम्झौता र आफ्ना मागहरूप्रति बेवास्ता गरेको भन्दै उनले धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालामा दिउँसो ३ बजेदेखि अनसन बस्ने घोषणा गरेका हुन्।

सत्याग्रहको पूर्वसन्ध्यामा विज्ञप्ति जारी गर्दै डा. केसीले नेपालको स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रमा निजी स्वार्थ र माफियाको प्रभाव बढ्दै गएको आरोप लगाएका छन् । चिकित्सा शिक्षा र स्वास्थ्य सेवा विशुद्ध गैरनाफामूलक सार्वजनिक सेवाका क्षेत्र भएको स्मरण गराउँदै उनले ‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५’ ले २०८५ सालभित्र यस क्षेत्रलाई पूर्ण रूपमा गैरनाफामूलक बनाउने व्यवस्था गरे पनि कार्यान्वयनमा सरकारले ठोस पहल नगरेको बताएका छन् ।

न्यूनतम मापदण्ड र पूर्वाधारसमेत पूरा नगरेका निजी मेडिकल, डेन्टल तथा नर्सिङ कलेजलाई प्राथमिकता दिइएको र छात्रवृत्ति सिट घटाएर सशुल्क सिट बढाउने तयारी भइरहेको भन्दै डा. केसीले आपत्ति जनाएका छन् । सरकारको यस्तो कदमले ग्रामीण स्वास्थ्य सेवा र विपन्न विद्यार्थीहरूको भविष्यमा गम्भीर असर पर्ने उनको भनाइ छ ।

डा. केसीले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्ति प्रक्रिया निष्पक्ष नभएको र स्वार्थ बाझिने व्यक्तिलाई नेतृत्वमा ल्याउन खोजिएको आरोपसमेत लगाएका छन् । यसले आयोगको स्वायत्तता र नागरिकको स्वास्थ्य अधिकारमाथि नै गम्भीर आघात पुग्ने उनले बताएका छन् ।

त्यसैगरी, गेटा मेडिकल कलेज सञ्चालनको अन्तिम तयारी भइरहेका बेला हतारमा विश्वविद्यालयसम्बन्धी ऐन ल्याएर विवादास्पद प्रावधान राखिएको विज्ञप्तिमा उल्लेख छ । अन्य प्रदेशमा स्थापना भएका सरकारी स्वास्थ्य विज्ञान प्रतिष्ठानहरू सञ्चालनमा आइसक्दा पनि गेटा मेडिकल विश्वविद्यालय राजनीतिक हस्तक्षेप र व्यापारिक स्वार्थ समूहका कारण अझै सञ्चालनमा आउन नसकेको डा. केसीको दाबी छ ।

प्रकाशित मिति : ७ श्रावण २०८३, बिहीबार  १० : ४३ बजे

जलविद्युत आयोजनाका ३३८ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा

काठमाडौँ – रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६७५ मेगावाट

बाढीपहिरो प्रभावितको राहतका लागि राष्ट्रसेवक कर्मचारीले २ देखि १० दिनसम्मको तलब सहयोग गर्ने

काठमाडौँ- सरकारी कर्मचारीको मासिक तलबको निश्चित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार

सहकारी ठगी : इच्छाराजसहित १७ जना दोषी ठहर

काठमाडौँ । सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङसहित १७ जना सहकारी

हिमालयन रिइन्स्योरेन्सकी सीईओ उपासना पौडेल पक्राउ

काठमाडौं – हिमालयन रिइन्स्योरेन्स लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपासना