मधेसमा ‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु « Khabarhub

मधेसमा ‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु


७ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधाम धनुषाले मधेस प्रदेश सरकारद्वारा निर्धारिते ‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु गरेको छ ।

धान रोपाइँको समयमा रसायनिक मलको अभाव झेलिरहेका धनुषाका किसानलाई लक्षित गरेर स्थानीय तहको सिफारिसको आधारमा बफर कोटाको युरिया र डिएपी रसायनिक मलको वितरण सुरु गरेको हो ।

मधेस प्रदेश सरकारको गत असार ३१ गतेको निर्णयबमोजिम स्थानीय तहगत रुपमा निर्धारण गरिएको बफर कोटाअनुसार युरिया र डिएपी मल बिक्री वितरण सुरु गरिएको कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधामका सूचना अधिकारी बेचन साहले जानकारी दिए ।

उनका अनुसार मलको वितरणसँगै जिल्लामा केही समय अघिसम्म रहेको डिएपी मलको अभाव विस्तारै हट्दै गएको छ । साउनको दोश्रो सातासम्म थप युरिया र डिएपी मल आउने भएकाले मलको अभाव पूर्ण रुपमा हट्ने उनको भनाइ छ ।

यसैबीच, कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधाम धनुषाले पछिल्लो एक वर्षको अवधिमा १८ हजार ७४५ दशमलव एक मेट्रिक टन रसायनिक मल किसानलाई वितरण गरेको छ ।

कार्यालयका सूचना अधिकारी साहका अनुसार सो कार्यालयले आर्थिक वर्ष २०८२–०८३ मा युरिया ११ हजार २४१ दशमलव ३५० मेट्रिक टन, डिएपी ६ हजार ९६३ दशमलव ३०० मेट्रिक टन, पोटास ३७९ दशमलव ५५० मेट्रिक टन र कृषि चुन १६० दशमलव ९०० मेट्रिक टन रसायनिक मल किसानलाई वितरण गरेको छ ।

सो कार्यालयलाई आर्थिक वर्ष (आव) २०८२–८३ मा युरिया १० हजार ६१८ दशमलव ५०० मेट्रिक टन, डिएपी सात हजार २८९ मेट्रिक टन, पोटास ४६३ मेट्रिक र कृषि चुन २३५ मेट्रिक टन रसायनिक मल प्राप्त भएको सूचना अधिकारी साहले बताए । यसबाट अधिकांश प्राप्त मल किसानसम्म पुगिसकेको देखिएको छ ।

धान रोपाइँको मुख्य सिजनमा समेत कार्यालयले आवश्यकताअनुसार मल वितरण गर्दै मौज्दात व्यवस्थापनलाई प्रभावकारी बनाएको कार्यालय प्रमुख ध्रुव चौधरीले बताए ।

धान रोपाइँको यामलाई लक्षित गरी मलको नियमित आपूर्ति, मौज्दात व्यवस्थापन र वितरण प्रक्रियालाई व्यवस्थित बनाइएको प्रमुख चौधरीको भनाइ छ । किसानको मागअनुसार थप मल उपलब्ध गराउन आवश्यक समन्वय समेत भइरहेको र यस वर्षको थप मल केही दिनभित्रै मल आइपुग्ने प्रमुख चौधरीको भनाइ छ ।

प्रकाशित मिति : ७ श्रावण २०८३, बिहीबार  ११ : ०५ बजे

सुकुम्वासी भन्छन्- शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी नभए काठमाडौं छाड्दैनौँ

काठमाडौं– विभिन्न होल्डिङ सेन्टरमा रहेका भूमिहीन सुकुम्वासीहरूले शिक्षा, स्वास्थ्य र

मनसुनमा लुगा सुकाउने झन्झट अन्त्य गर्दै सिजी मेरिडियाले ल्यायो अत्याधुनिक ‘वाशर ड्रायर’

काठमाडौं–  ओसिलो मौसममा लुगा नसुक्ने, गन्ध आउने र ब्याक्टेरिया फैलिने

युक्रेनका लागि ४० करोड डलरको अमेरिकी सैन्य सहायता रोकियो

वाशिङ्टन- युक्रेनका लागि पठाउन लागिको करिब ४० करोड डलरकोअमेरिकी सहायता

अमेरिकी आक्रमण र इरानी चेतावनीसँगै तनाव उत्कर्षमा

एजेन्सी– अमेरिका र इरानबीच जारी युद्धले मध्यपूर्वमा तनाव झन् तीव्र

आसियान सम्मेलनमा रुबियो-लाभरोभ भेटवार्ता, युक्रेन र इरान युद्धबारे छलफल

काठमाडौं- रुसी विदेशमन्त्री सर्गेई लाभरोभ र अमेरिकी विदेशमन्त्री मार्को रुबियोबीच