देशभर एकैदिन ४७ विपद् घटना, पहिरोमा दुई जनाको मृत्यु « Khabarhub

देशभर एकैदिन ४७ विपद् घटना, पहिरोमा दुई जनाको मृत्यु


७ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका विभिन्न भागमा बुधबार भएका ४७ विपद्जन्य घटनामा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसारे सर्पदंशका पाँच, आगलागीका पाँच, बाढीको एक, पहिरोका १६,सडक अवरोधका १४, चौपाया क्षतिका एक तथा अन्य चार घटना भएका थिए । 

ती घटनाबाट सात परिवार प्रभावित भएका छन् । पहिरोका घटनामा दुई जनाको मृत्यु भएको हो भने पाँच जना घाइते भएका छन् । विपद्बाट रु एक करोड ९० लाख बराबरको क्षति भएको छ ।

गत वैशाख १ गतेसम्म हालसम्म देशभर दुई हजार ३६१ विपद्जन्य घटना भएका छन् ।  ती घटनामा परी १७३ जनाको मृत्यु, दुई जना बेपत्ता तथा एक हजार २०८ जना घाइते भएका छन् ।  यस अवधिमा चार हजार ८६९ परिवार प्रभावित भएका प्राधिकरणले जनाएको छ ।
 

प्रकाशित मिति : ७ श्रावण २०८३, बिहीबार  १२ : २२ बजे

वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष

काठमाडौं – नेपाल प्रहरीले वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा

गोसाइँकुण्ड गएका तनहुँका चार जना परिवारको सम्पर्कमा

तनहुँ – तनहुँको भिमादबाट गोसाइँकुण्ड तीर्थयात्राका लागि गएका चार जना

रसुवाको बाढी : १३६ घाइतेमध्ये ४८ उपचारपछि घर फर्किए

काठमाडाैं – रसुवामा आएको आकस्मिक बाढीबाट प्रभावित भई विभिन्न स्वास्थ्य

भोटेकोशी बाढी : कास्कीका १४ जना सम्पर्कविहीन

गण्डकी – रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीमा कास्कीका

प्रभावित क्षेत्र पुगेर फर्किएपछि प्रधानमन्त्रीले भने : सबै संयन्त्र पूर्ण क्षमतामा परिचालित छन्

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नुवाकोट पुगेर बाढीपहिरो प्रभावित