रास्वपा सभापति लामिछाने चीन जाने, उच्चस्तरीय भेटघाटको तयारी « Khabarhub

रास्वपा सभापति लामिछाने चीन जाने, उच्चस्तरीय भेटघाटको तयारी


७ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उत्तरी छिमेकी चीन जाने भएका छन् । उनी यही साउनमा चीन भ्रमणमा जाने भएका हुन् ।

रास्वपाका आफूनिकट केही नेता र सांसदसहित उनी बेइजिङ जान लागेका हुन् । भ्रमणका क्रममा उनले त्यहाँ चिनियाँ विदेशमन्त्री वाङ यीसहितका उच्च सरकारी अधिकारीलाई भेट्ने भएका छन् ।

भ्रमणका क्रममा भेट्ने अन्य अधिकारीबारे केही खुलाइएको छैन । रविनिकट स्रोतका अनुसार यो भ्रमणमा फागुन २१ को निर्वाचनपछि बदलिएको नेपालको राजनीतिक परिस्थितिअनुसार रविले विश्वासको वातावरण बनाउने प्रयास गर्नेछन् ।

रास्वपा सरकारमा आएयता प्रधानमन्त्री वालेन्द्र शाहले अझै पनि भारतीय र चिनियाँ राजदूतसँग संवाद गरेका छैनन् । दुई निकट छिमेकीसँग प्रधानमन्त्रीले संवाद गर्न नचाहेको अवस्थामा रविले नै पहलकदमी लिएका हुन् ।

‘सभापति नेतृत्वको टोली बेइजिङ जाने निश्चित भएको छ। यही साउनभित्रै भ्रमण हुनेछ । चार सदस्यीय टोलीसिहत जाने कुराको टुंगो भइसकेको छ’, स्रोत भन्छ, ‘तर टोलीमा को को हुन्छन्, खुलाइएको छैन ।’

यस भ्रमणमा विदेशमन्त्री वाङ यीसहितका अधिकारीसँग रविले नेपाल-चीन सम्बन्धबारे विस्तृत छलफल गर्ने भएका छन्। पछिल्लो समय नयाँ सरकार र दुई छिमेकीबीच संवादहीनताको अवस्था छ ।

तर वालेन्द्रले आफ्नो भारत भ्रमणका लागि भन्दै प्रमुख सल्लाहकार कुमार बेनलाई केही समयअघि नयाँ दिल्ली पठाएको खुलेको छ। बेनले त्यहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाललाई भेटेको खुलेको छ। सरकारले सय दिन पूरा गरिसकेकाले अब बालेन निकट छिमेकीहरूको भ्रमणका लागि तयार हुँदैछन् ।

तर उनले अहिलेसम्म चीन र भारतका राजदूतसँग वान टु वान संवाद गरेको जानकारीमा आएको छैन । रवि बेइजिङ जाँदा चिनियाँ अधिकारीहरूसँगको भेटमा सरकारी प्रतिनिधि सहभागी नहुने बताइएको छ।

बालेनको भनाइलगत्तै भारतीय सञ्चारमाध्यले नेपाल–भारत सम्बन्धको व्याख्या गरिरहेका छन् । केही सञ्चारमाध्यमले बालेनवको भनाइबाट भारतलाई फाइदा पुग्ने भनेका छन्।

यही विवाद र तनावबीच लामिछाने सोमबार दिउँसो भारत भ्रमणमा निस्किएका छन्। उनको टोलीमा पत्नी निकिता पौडेल, स्वकीय सचिव अविनाश आचार्य, सह-महामन्त्री विपिन आचार्य तथा विदेश विभाग प्रमुख दीपक बोहरा छन्।

यसअघि जेठ १७ गते संसद्मा उभिएर वालेन्द्रले नेपालले पनि भारतीय भूमि अतिक्रमण गरेको भनेलगत्तै रवि भारत गएका थिए । बालेनले संसद्मा उभिएर विवादास्पद अभिव्यक्तिको भोलिपल्टै लामिछाने भारततिर लागेका थिए । त्यहाँ उनको भव्य स्वागत भएको थियो ।

रवि त्यसबेला भारतीय जनता पार्टीका अध्यक्ष नीतिन नवीनको निम्तो स्वीकारेर रवि भारततिर लागेका थिए । लामिछानेले त्यसबेला पत्नी निकिता पौडेल, स्वकीय सचिव अविनाश आचार्य, सह-महामन्त्री विपिन आचार्य तथा विदेश विभाग प्रमुख दीपक बोहरालाई नयाँ दिल्ली लगेका थिए ।

पाँचदिने भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री मोदी भाजपा अध्यक्ष नवीन, कूटनीतिक अधिकारीहरू र भारतस्थित नेपाली समुदायका प्रतिनिधिसँग भेटघाट गरेका थिए ।

कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको सीमा विवाद र द्विपक्षीय सम्बन्धबारे संवेदनशील परिस्थिति बनेका बेला रवि भारत गएका थिए । त्यसअघि नै भारत र चीनले नेपाली भूमि लिपुलेकबाट व्यापारिक नाका खोल्ने सहमति गरिसकेका थिए ।

प्रकाशित मिति : ७ श्रावण २०८३, बिहीबार  १ : ०८ बजे

स्काउटका नयाँ हर्ताकर्ता थापा : पार्टी फेर्दै नियुक्ति लिँदै, लागेको थियो भिजिट भिसा दुरुपयोगको गम्भीर आरोप

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले नेपाल स्काउटको

अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा उत्पादन हुने अर्ग्यानिक बस्तुको प्रवर्द्धनमा

बीमा र धितोपत्र कसूरका फरार प्रतिवादी मृगेन्द्रनाथ रिमाल पक्राउ

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बीमा ऐन,

सेवाग्राहीसँग घुस लिँदै गरेका कर अधिकृत पक्राउ

जनकपुरधाम– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक

संक्रमणकालीन न्यायसम्बन्धी आयोग पारदर्शी रूपमा गठन गर्न द्वन्द्वपीडितको माग

काठमाडौं– विश्वसनीय र पारदर्शी प्रक्रियाद्वारा संक्रमणकालिन न्यायसँगसम्बन्धी आयोगहरू गठन गर्नुपर्ने